मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्थापना दिवसमा झडप : प्रहरी घाइते, विद्यार्थी नियन्त्रणमा

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्थापना दिवसमा झडप : प्रहरी घाइते, विद्यार्थी नियन्त्रणमा

सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको नवौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा विद्यार्थी र प्रहरीबीच झडप भएको छ। झडपका क्रममा एक प्रहरी जवानसहित केही विद्यार्थी घाइते भएका छन्। 

स्थापना दिवसको अवसरमा विश्वविद्यालयले टि-सर्ट लगाउने बहानमा निजी कलेजको विज्ञापन गरेको भन्दै विद्यार्थीले कार्यक्रम स्थलमै नाराबाजी र ढुंगामुडा गरेपछि झडप भएको हो। काठमाडौंको राजधानी मोडेल कलेज र जेभिएर इन्टरनेसन कलेजको विज्ञापन गरेको भन्दै विद्यार्थीले संयुक्त आन्दोलन गरेका हुन्। प्रहरीले विद्यार्थीको आन्दोलनलाई तितरबितर पार्न खोजेपछि झडप भएको थियो। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख वसन्त रजौरेका अनुसार झडपमा घाइते प्रहरी जवान सुरेन्द्र महतको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। आन्दोलनमा सहभागी दर्जन बढी विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका विद्यार्थीको परिचय भने खुलाइएको छैन।

आन्दोलनरत विद्यार्थीले राजधानी कलेजले सौजन्य गरेको दुई बोरा टिर्सट नियन्त्रणमा लिएका छन्। अनेरास्ववियुका जिल्ला अध्यक्ष धुपेन्द्र शाहीका अनुसार कार्यक्रमस्थलमा विद्यार्थीको नाराबाजी जारी छ।

आन्दोलनका कारण विश्वविधालयको वार्षिक उत्सब कार्यक्रम प्रभावित भएको छ। वार्षिक उत्सव कार्यक्रममा सहभागी हुन आएका भीआईपी र पदाधिकारी प्रहरीको सुरक्षामा छन्। कार्यक्रम भइरहेको सभाहलमा विद्यार्थीलाई प्रवेश निषेध गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.