विद्यार्थी निषेध गरेर विश्वविद्यालयको वार्षिकोत्सव

विद्यार्थी निषेध गरेर  विश्वविद्यालयको वार्षिकोत्सव

सुर्खेत : स्थापनाकालदेखि नै विवादमा मुछिदै आएको मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले प्रहरीको घेराभित्र आफ्नो वार्षिकोत्सव मनाएको छ। विश्वविद्यालय प्रशासनले मंगलबार आफ्नो नवौं वार्षिकोत्सव समारोहमा विद्यार्थीलाई प्रवेश गर्न दिएन। विश्वविद्यालयको केन्द्रिय कार्यालयमा प्रहरीको सुरक्षा घेराभित्र वार्षिकोत्सव समारोह भइरहँदा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु भने नाराबाजी गर्दै थिए।

विगतमा पदाधिकारीको कार्यशैली, शिक्षक तथा कर्मचारीको नियुक्ति र शैक्षिक मुद्दामा विश्वविद्यालयमा विवाद हुँदै आएको थियो। प्राय हड्ताल र आन्दोलन भइरहने एमयूमा मंगलबारको वार्षिकोत्सव समारोह पनि विवादित बन्यो। काठमाडौंस्थित नीजि कलेजले सौजन्य गरेका टिसर्ट लगाउने विषयमा विद्यार्थी र एमयू प्रशासनबीच विवाद भएपछि झडप नै भएको छ। झडपमा एक जना प्रहरी गम्भीर घाइते भएका छन् भने दर्जन बढी विद्यार्थी नेताहरु पक्राउ परेका छन्।

अवस्था असामान्य बनेपछि प्रहरीको सुरक्षा घेराभित्र वार्षिकोत्सव मनाइएको छ। विद्यार्थीले विरोध जनाएपछि समारोहमा विद्यार्थीलाई निषेध गरिएको थियो। जसकाकारण विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी नै वार्षिकोत्सवमा सहभागी हुन पाएनन्। वार्षिकोत्सवमा विश्वविद्यालयले टिसर्ट लगाउने बहानमा निजी कलेजको विज्ञापन गरेको भन्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख बसन्त रजौरेले प्रहरीले विद्यार्थीको आन्दोलनलाई तितरवितर पार्न खोज्दा एक प्रहरीसहित केही विद्यार्थी पनि घाइते भएको बताए।

झडपमा घाइते भएका प्रहरी जवान सुरेन्द्र महतको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइहेको छ। विद्यार्थीलाई समारोहमा प्रतिबन्ध लगाएको विश्वविद्यालय प्रशासनले बन्द कोठाभित्र केही अतिथिको उपस्थितिमा आफ्नो कार्यक्रम सम्पन्न गरेको छ। स्थापना दिवसको अवसरमा विश्वविद्यालयले टिसर्ट वितरण गरेको थियो। उक्त टिसर्टमा काठमाडौंको राजधानी मोडेल कलेज र जेभिएर इन्टरनेशन कलेजको नाम उल्लेख गरिएका थिए। विश्वविद्यालय नीजि कलेजको विज्ञापन गरेको र कमिसनमा पदाधिकारी संलग्न भएको भन्दै विद्यार्थी संगठनहरुले टिसर्ट वितरण नगर्न दवाव दिएका थिए।

अनेरास्ववियुका जिल्ला अध्यक्ष धुपेन्द्र शाहीले आन्दोलनरत विद्यार्थीहरुले निजी कलेजले सौजन्य गरेका दुई बोरा टिर्सट नियन्त्रणमा लिइएको बताए। छलफलबाट समाधान गर्नुपर्ने विषयलाई वेवास्ता गर्दै आफ्नै विद्यार्थीमाथि दमन गरेको विद्यार्थी नेता तिर्सना हमालले बताइन्। विश्वविद्यालयले नै एउटा नीजि कलेजको प्रचार गरेकाले आन्दोलन जारी राख्ने विद्यार्थीको अडान छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.