रोकिएन हत्या श्रृंखला

रोकिएन हत्या श्रृंखला

फिदिम : इलामको माइजोगमा गाउँपालिकाकी २० वर्षिय युवती सुजता तामाङको मंगलबार पाँचथरमा हत्या भयो। हिलिहाङ गाउँपालिका–६ चित्रे भन्ने स्थानमा घाँटी रेटेर तामाङको हत्या गरिएको हो। एनएमबी माइक्रोफाइनान्स गोपेटार शाखामा कार्यरत तामाङलाई गाउँका दुई ओटा समूहको बैठक सकेर कार्यालय फर्कने क्रममा हत्या गरिएको प्रहरीको भनाइ छ।

हत्या गरेर भिरबाट लडाइएकी तामाङको साथमा रहेको ७५ हजार पाँच सय रुपैयाँ समेत लुटिएको पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए। ‘घटनाको अनुसन्धान भइरहेको छ, अहिले नै कारण खुलाउन सकिँदैन’ कुँवरले भने ‘पैसाकै कारण युवतीको हत्या भएको भनेर किटान गर्न मिल्दैन।’ यस्तै वैशाख २९ गतेमात्र सोही गाउँपालिकाको वडा नं. ४ कात्तिकेकी १५ वर्षीया किशोरी सीतल योङ्हाङको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो। योङहाङको हत्यामा संलग्न उनका पूर्वप्रेमी पदम तामाङलाई घटना भएको २० दिनपछि झापाको दमकबाट प्रहरीले पक्राउ गरेको थियो।

हत्याका घटना दोहोरीएपछि स्थानीय आतंकित भएका छन्। ‘एक पछि अर्को हत्याको घटना दोहोरिएको छ,’ स्थानीय सुजन पुरीले भने ‘एक्लै हिँडडुल गर्न र मान्छेहरु घरबाट बाहिर निस्कनै डराउन थालेका छन्।’ हत्याका घटना बढेपछि आतंकले राज गर्न थालेको मानवअधिकारकर्मी चन्द्र आङ्देम्बेले बताए। ‘ढुंकसँगले घरमा बस्ने वातावरण छैन,’ उनले भने ‘घरबाट निस्किएपछि फेरी घर पुगिन्छ पुगिन्न भन्ने कुनै टुंगो छैन।’

पाँचथरमा दुई महिना नबित्दै एक दर्जनको हत्या भएको हो। ३७ दिनको अवधिमा ११ जनाको हत्या र एक जनाको शंकास्पद रुपमा झुण्डिएको अवस्थामा शव भेटिएको छ। जेठ ६ गते राती मिक्लाजुङ–३ आरुबोटेमा एउटै पारीवारिक नाताभित्रका नौ जनाको कारुणिक नरसंहार भएको थियो। दुई घरमा बसेका नौ जनाको घरेलु हतियार प्रयोग गरी हत्या भएको हो। बम बहादुर फियाक र उनका ज्वाई धनराज शेर्माको घरमा बसेका पाँच परिवारका नौ जनाको एकै रातमा कत्लेआम भएको थियो।

बमबहादुरका कान्छा ज्वाई मान बहादुर माखिले सबैको हत्या गरेको प्रहरीले जनाएको छ। तर, एक जनाले मात्रै नौ जनाको हत्या गर्न नसक्ने भन्दै सर्वसाधारणले हत्याकाण्डलाई रहस्यमय ढंगले हेरेका छन्। उक्त हत्याकाण्डको त्रास सेलाउन नपाँउदै हिलिहाङमा फेरी युवतीको हत्या भएको हो। ‘आरुबोटे हत्याकाण्डको त्रास सेलाउन नपाउँदै हिलिहाङमा भएको हत्याले झन् त्रसित बनाएको छ’ स्थानीय मंगल बेघा भन्छन्।

हिलिहाङका सन्देश तिम्सिना भन्छन् ‘एउटा घटनाले अर्को घटना घटाउन प्रेरणा दिएजस्तो देखिन्छ।’ आरुबोटे हत्याकाण्मा प्रहरीले ज्वाईलाई दोषी देखाएको छ। सुजनाताको हत्यामा कस्को सम्लग्नता हो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.