इटहरीका मेयरको शब्द चयनप्रति आपत्ति

इटहरीका मेयरको शब्द चयनप्रति आपत्ति

इटहरी : इटहरी १६ स्थित लबिपुर चोकमा बुधबार बिहान स्थानीयले खुला कार्यक्रम आयोजना गरे। विषय थियो, त्यहाँ रहेका होटलमा हुनै यौन क्रियाकलाप न्युनिकरण।

कार्यक्रममा बोल्ने वक्ताले कसैले प्रहरीको भूमिका प्रभावकारी नभएको बताए त कसैले होटल सञ्चालकहरु नाफामुखी भएर वेश्यावृत्ती गराएको आरोप लगाए। प्रदेश सांसद लिलम बस्नेतले त रेड राइट एरियाको व्यवस्था गर्नुपर्नेमा जोडनै दिए।

कार्यक्रमलाई इटहरीका मेयर द्वारिकलाल चौधरीसमेत सहभागी थिए। तर सम्बोधनका क्रममा उनले बोलेको एउटा शब्दका कारण त्यहाँ रहेका महिलाले अफ्ठेरो अनुभव गरेका थिए। 

कार्यक्रममा मेयर चौधरीले ‘रण्डी’ भन्ने शब्द बारम्बार उच्चारण गरेका थिए। लबिपुर क्षेत्रमा सञ्चालनमा रहेका होटलमा वेश्यावृत्ती हुने गरेको भन्दै रोक्नका लागि सबैले पहल गर्नुपर्ने आशयका भनाइ राख्दा राख्दै उनले सो शब्द उच्चारण गरेका हुन्।

सो क्षेत्रका होटलमा वेश्यावृत्ती भइरहेको र त्यसलाई रोक्न दबाब सिर्जना गर्ने उद्देश्यले वडा नम्बर १६ र १७ को संयुक्त आयोजनामा गरिएको कार्यक्रममा पुगेका मेयर चौधरीले ‘रण्डी जिन्दावाद’ भन्ने शब्दलाई बारम्बार दोहोर्याएका थिए।

मेयर चौधरीको एउटा घर पनि सोही क्षेत्रमा पर्छ। त्यो घर कसैले भाडामा लिएर होटल सञ्चालन गरिरहेको छ। सो होटल भाडामा लिने व्यक्तिले केही वर्षअघिसम्म यौन व्यवसाय सञ्चालन गर्थे। सोही विषयलाई केही पत्रकारले मेयरको घरमा यौन व्यवशाय भनेर लेखेको समाचारलाई लिएर उनले अभिव्यक्ति सुरु गरेका थिए।

मेयर चौधरीले होटलका लागि भाडामा दिएको आफ्नो घरमा होटल सञ्चालकले यौनजन्य गतिविधि गराएको थाहा पाएपछि आफूले बोर्ड नै फ्याँकिदिएको बताए। ‘तपाइहरु पनि घर भाडामा दिँदा यी कुराहरु विचार गर्नुहोस्, विकृति गराउनेलाई पैसाकै लागि घर भाडामा दिनु हुँदैन,’ उनले भने।

उनले सो क्षेत्रमा वेश्यावृत्तीले नराम्रो प्रभाव पारेको बताउँदै यौन गतिविधिका कारण त्यहाँको व्यापार चल्ने गरेको बताए। ‘मनोरन्जन गर्न रण्डी चाइया छ। घरभाडा लगाउन रण्डी चाइया छ। कण्डम बेच्न रण्डी चाइया छ। चक्की (पिल्स) बेच्न रण्डी चाइया छ। रण्डी जिन्दावाद,’ उनले थपे, ‘यहाँ रण्डीको कारण कस्मेटिक पसल, घरभाडा, दबाई दोकान चल्दो रैछ।’ मेयरको उक्त अभिव्यक्तिलाई लिएर त्यहाँ उपस्थित महिलाले अप्ठेरो मानेका थिए।

यसैबीच महिला सञ्जाल इटहरी उपमहानगर समितिले चौधरीले बोलेको शब्दप्रति आपत्ति जनाएको छ। चौधरीले बोलेको शब्दले महिलाको अस्मितामा नै आँच आएको भन्दै इटहरीका ४० बढी महिलावादी संस्थाको साझा सञ्जालले आपत्ति जनाएका हुन्। 

सञ्जालकी अध्यक्ष विमला ढकालले हस्ताक्षर गरेको विज्ञप्तिमा आफूहरु इटहरी उपमहानगरपालिकाले गरेका सामाजिक विकास, महिला हिंसा न्युनिकरणका कार्यक्रममा सहभागिता जनाउन प्रतिबद्ध रहेको समेत विज्ञप्तीमा जनाइएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.