पाँचथर पहिरो अपडेट : वर्षाका कारण उद्दारमा समस्या

पाँचथर पहिरो अपडेट : वर्षाका कारण उद्दारमा समस्या

फिदिम : लगातार परिरहेको पानी नरोकिएपछि पहिरो प्रभावितको उद्दारमा समस्या आएको छ। पाँचथरको याङवरक गाँउपालिका–२ स्थित फलैँचामा मंगलबार राति गएको पहिरोले कयौं गाउँ प्रभावति बनाएका छ।   

अविरल वर्षाका कारण फलैँचाको चिङ्मा, बेतेनी, मुक्लाबुङ, सेपी, खोलाघारी  र धिमाले भन्ने स्थानका पहिरो प्रभावितका लागि उद्दारमा खटिन समस्या भएको हो। सीमा प्रशासन कार्यालय च्याङथापुका प्रमुख विनोद चौहानका अनुसार निकै विकट गाउँमा पहिरो गएकाले उद्दार र राहत टोली उक्त स्थानमा पुग्न कठिन भएको छ। 

‘वर्षाका कारण उद्धार र राहतमा खटिन समस्या भएको छ,’चौहानले भने,‘पानी पर्न नरोकिएकाले पहिरो पनि रोकिएको छैन।’

उद्दारका लागि पहिरो प्रभावित क्षेत्रमा पुगेको सीमा प्रहरी चौकी च्याङथापु र फलैँचा  प्रहरीको टोली पानी परेपछि सुरक्षित स्थानमा निस्किएको उक्त स्थानमा खटिएका प्रहरी चौकी च्याङथापुका प्रमुख जीवन कार्कीले जानकारी दिए। पहिरो प्रभावितको विवरण आउन अझै बाँकी छ। 

फलैँचाको चिङ्मा भन्ने स्थानका पहलमान राईको घर पहिरोले पुरेको छ। राईले पालेका चार ओटा गाई, दुई ओटा सुगुर र करिब २० ओटा कुखुरासमेत पहिरोले पुरेको कार्कीले जानकारी दिए। राईको घरमा रहेको सबै सामान पहिरोले पुरेको हो।   

सोही स्थनका भीम राई, बिलबहादुर राई, चन्द्र राई, बालकृष्ण राई, हर्क राई  र मनकुमार राईको घर पनि पहिरोको कारण बस्न नमिल्ने गरी चर्किएको प्रहरीले जनाएको छ। ‘पहिरोले पुर्‍याएको विवरण संकलन गर्न सकिएको छैन,’ कार्कीले भने,‘वर्षाका कारण उद्धारमा खटिन समस्या भएको छ।’ 

पहिरोले कृष्ण आधारभूत विद्यालय समेत बगाएको स्थानीय डिल्ली ओलीले जानकारी दिए। त्यस्तै मेज चिङ्मा लघु जलविद्युत्  आयोजना पनि पहिरोले पुरेको बताइएको स्थानीयको भनाइ छ। सदरमुकाम फिदिमबाट प्रहरी इन्सपेक्टर अनिल कुमार पौडेल नेतृत्वको टोली हिमशिखर गुल्मका सशस्त्र पहरीको टोली उद्धारका लागि पहिरो प्रभावित क्षेत्रतर्फ गएको छ।

रेडक्रस र याङवरक गाँउपालिको टोली राहत सामग्री सहित त्यसतर्फ लागेको चौहानले जानकारी दिए। पहिलो चरणमा पाँच घर र दोस्रो चरणमा १० घर परिवारलाई राहत दिने गरी राहत टोली त्यसतर्फ लागेको हो।   
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.