बजेट सक्न भ्याइनभ्याइ

बजेट सक्न भ्याइनभ्याइ

जनकपुरधाम : वर्षभर कामभन्दा संघीय सरकारलाई अनेक आरोप र असहयोग गर्दै समय बिताएको प्रदेश सरकारका मन्त्रीलाई असार लागेपछि शिलान्यास र कार्यक्रम उद्घाटन गर्न भ्याइनभ्याइ छ। प्रदेश २ को सामाजिक विकास मन्त्रालयले आर्थिक वर्षको अन्त्यमा विभिन्न फुटकर योजनाको लागि एक अर्ब तिन करोड रुपैया विनियोजन गरेको छ। मन्त्रालयले विनियोजन गरेको बजेट सक्न मन्त्री नवलकिशोर साह विभिन्न योजनाको शिलान्यास गर्न व्यस्त देखिएका छन्।

मन्त्री साहले बुधबार जानकी मन्दिर पछाडीको जग्गामा संतवी श्रामस्थल निर्माण गर्न छुट्याएको ९० लाख रुपैयाँको योजनाको शिलान्यास गरे। असार ११ गते उद्घाटन गरिएको यो योजना २० गतेभित्र सक्नु पर्ने भएकाले माटो खनेर यस वर्षको बजेट सकाउने सम्भावना देखिएको स्थानीयको भनाइ छ।

जेष्ठ २९ गते प्रदेशका आठ वटै जिल्लाका लागि ५ सयभन्दा बढि फुटकर योजना कार्यान्वयन गर्न पुर्वाधार विकास कार्यालयमा अख्तियारी पठाइएको छ। १० लाखदेखि ९० लाख रुपैयाँसम्मका योजना कार्यान्वयन गर्न पुर्वाधार कार्यालयलाई भ्याइनभ्याइ भएको पूर्वाधार विकास कार्यालय धनुषाका प्रमुख दिपेन्द्र चौधरीले बताए।

धनुषा र महोत्तरीमा बढी कार्यभार रहेको पुर्वाधार कार्यालयमा फुटकर दुई सय २४ वटा योजनाको अख्तियारी पठाइएको छ। जसका लागि ३२ करोड ५३ लाख रुपैयाँ पठाइएको प्रमुख चौधरीले जानकारी दिए। सामाजिक विकास मन्त्रालयका अधिकांश योजनामा विद्यालयको पर्खाल निर्माण, मन्दिरको पर्खाल र सौन्दर्यीकरण, पोखरीको घाँट निर्माण, स्वास्थ्य चौकी भवन मर्मत, ढलान निर्माण, हनुमान मन्दिर निर्माणजस्ता योजना छन्।

अधिकांश योजनामा उपभोक्ता समिति गठन गरि त्यसमार्फत काम हुने जनाइएको छ। कार्यालयलाई प्राप्त अख्तियारीमा काम गराउन स्विकृत योजनाको सम्बन्धित उपभोक्ता समितिले असार ७ गतेभित्र योजना कार्य सञ्चालन गर्न सम्झौता गरि सक्नुपर्ने र सो योजनाहरु असार २० गतेसम्म सम्पन्न गरी बिल भरपाई कार्यालयमा पेश गर्न पूर्वाधार कार्यालय धनुषाले सूचना समेत जारी गरेको छ। समयभित्र योजना सम्पन्न नभए भुक्तानी गर्न कर्याालय जिम्मेवार नहुने व्यहोरा उपभोक्ता समितिलाई जानकारी गराइएको छ।

जनताको करबाट उठेको रकमलाई यसरी विकासको नाममा कार्यकर्ता पाल्ने, जथाभावी खर्च गर्ने, समयमा काम नगर्ने, आर्थिक वर्षको अन्त्यमा बजेट सक्नकै लागि देखावटी काम गर्ने प्रवृत्ति निन्दनीय भएको नेकपाकी प्रदेशसभा सदस्य मन्जु यादवको भनाइ छ। फुटकर योजनामा अबौैं रुपैयाँ खर्च गरी आफ्ना आसेपासे र कार्यकर्तालाई पोस्ने प्रवृत्ति प्रदेश सरकारमा देखिएको यादवको आरोप छ। सरकारको यस्ता क्रियाकलापले प्रदेशमा सम्वृद्धि र विकास कहिल्यै सम्भव नहुने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.