खुर्पा प्रहार गरी जेठाजुको हत्या
गोरखा : गोरखाको सहिद लखन गाउँपालिका ७ पिपलछाप चारघरेकी गौरीमाया रानाले खुर्पा प्रहार गरी जेठाजुको हत्या गरेकी छन्। ५२ बर्षकी रानाले सोमबार दिउसो करीब एक बजे ८२ वर्षका जेठाजु बलबहादुर रानालाई खुर्पा प्रहार गरेकी प्रहरीले जनाएको छ।
खुर्पा प्रहारबाट टाउको, घाँटी, ढाड लगायतका ठाउँमा गम्भीर चोट लागेका रानाको गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। गौरीमायाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनले खुर्पा प्रहार गर्नुको कारणबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक रोशन थापाले जानकारी दिए।