पहिरोमा दुई गम्भीर, हेलिकप्टरबाट काठमाडौं लगियो

पहिरोमा दुई गम्भीर, हेलिकप्टरबाट काठमाडौं लगियो

दोलखा : उत्तरी दोलखाको गौरीशंकर गाउँपालिकाको पहिरोमा परि घाँस काट्न गएका दम्पत्ति गम्भीर घाइते भएका छन्। करिब ५० मिटर माथिबाट खसेको पहिरोबाट उछिट्टिएको ढुंगाले लागि शनिबार घाँस काट्न गएका गौरीशंकर गाउँपालिका–८, छेसाखारेका करिब ५५ वर्षीय धनबहादुर मगर र उनकी श्रीमती करिब ५० वर्षीया गोरीमाया मगर गम्भीर घाइते भएको दोलखा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए।

घाइते भएका उनीहरूको सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेर हेलिकप्टरमार्फत काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ।

धनबहादुरको टाउकोमा र गोरीमायाको शरीरभर चोट लागि अचेत रहेको स्वास्थ्यकर्मीले बताएका छन्।  घटनास्थल सदरमुकाम चरिकोटबाट करिब ६२ किलोमिटर उत्तरमा पर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.