पाल्पामा जिप दुर्घटना : एकको मृत्यु, १३ घाइते
तानसेन : पाल्पाको रिब्दीकोट गाउँपालिका–३ खस्यौलीमा मंगलवार साँझ जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १३ जना घाइते छन् ।
दुर्घटनामा रैनादेवी छहरा गाउँपालिका–५ बस्ने ७० वर्षीया हुमादेवी बुढाथोकीको मृत्यु भएको हो । घाइते भएकी बुढाथोकीको मिसन अस्पताल तानसेनमा उपचारको क्रममा मृत्यु भएको हो ।
बुटवलबाट पाल्पाको सर्देवातर्फ जाँदै गरेको लु अ अ ब ४१९४ नयाँ भन्सार नम्बरको बलेरो जिप अनियन्त्रित भइ सडकदेखि ३० मिटर तल खसी दुर्घटना भएको हो ।घाइते सबैको मिसन अस्पताल तानसेनमा उपचार भइरहेको र अवस्था सामान्य हुँदैगएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !