ओखलढुंगाको मानेभज्याङमा बस दुर्घटना : ३ को मृत्यु,१७ घाइते

ओखलढुंगाको मानेभज्याङमा बस दुर्घटना : ३ को मृत्यु,१७ घाइते

ओखलढुंगा : मानेभज्याङ गाउँपालिका ६ डढुवामा बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ। अन्य १७ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको घटनास्थलबाट ओखलढुंगा प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा परी मृत्यु हुनेमा बसका चलक झापाका कृष्णबहादुर बस्नेत, सोलु दुधकुण्ड नगरपालिका ५ का माया थापा र सिन्धुलीका लालबहादुर धामी रहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

दुर्घटनाका गम्भीर घाइते चारजनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको र अन्य तीनजनालाई पनि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। काँकरभिट्टाबाट सोलुखुम्बुतर्फ आउँदै गरेको मे १ ख १८९१ नम्बरको बस बुधबार बिहान ३:३० बजेतिर सडकबाट ५० मिटर तल खसेको हो। दुर्घटनाका अन्य घाइतेलाई उदयपुरको घुर्मीस्थित आस्था र जनसेवा मेडिकल हलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.