कालोपत्रे गरिएको लुइँटेलभञ्ज्याङ भच्चेक सडक भत्कियो

कालोपत्रे गरिएको लुइँटेलभञ्ज्याङ भच्चेक सडक भत्कियो

गोरखा : हालै कालोपत्रे गरिएको लुइँटेलभञ्ज्याङ भच्चेक सडकको पहिलो खण्डको विभिन्न ठाउँमा सडक भत्किएको छ। पानी पर्न थालेपछि सडक भत्किन र तारजालीको पर्खाल पल्टिन थालेको स्थानीयबासीले बताएका छन्।

केही दिनदेखिको लगातार वर्षाले सिरानचोक गाउँपालिका ४ को चिउरीबोट भन्ने ठाउँमा कालोपत्रे गरिएको सडक भत्किएको स्थानीय रमित ढकालले जानकारी दिए। 'दुई चार दिनअघि सडकमा चिरा परेको थियो,' उनले भने, 'करिब सात मिटर जति भास्सिएको छ।' उनका अनुसार सिरानचोक गाउँपालिका ३ हर्मीभञ्ज्याङनेर राखिएको तारजालीको पर्खाल पनि पल्टिएको छ। 'छवटा ग्याभिन भरेको थियो। सडकबाट बगेको बर्खे भेलाले चारवटा ग्याभिन पल्टाइ दिएको छ।एउटा त बगाएर तल खोलासम्म पुर्‍याएको छ।' 

ठेकेदारले कच्ची संरचना बनाएकाले सामान्य वर्षामा सडक भत्किन थालेको हो।'जग बलियो गरेर बनाएको भए यस्तो हुने थिएन। चाँडो काम सक्ने उद्देश्यले हतार गर्‍यो।सडक कच्ची बन्यो,' उनले भने।

सडक भत्किएको बारे कार्यालयलाई जानकारी गराएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एकाइ(जिमाली)का प्रमुख रामशरण आचार्यले बताए। सो सडक निर्माण कम्पनीलाई भत्किएको खण्ड मर्मतका लागि आग्रह गरेको पनि उनले बताए।

भूकम्पीय आपतकालीन सहायता परियोजनाले सो सडक कालोपत्रे गरेको हो। एशियाली विकास बैंकको ७० करोड रुपैंयाँ सहयोग र स्वीस सरकारको प्राविधिक सहयोगमा लुइँटेलभञ्ज्याङदेखि तार्केडाँडासम्म पहिलो प्याकेजको १८.५ किलोमिटर सडक लामा अमर जेभी कन्स्ट्रक्सनले र दोस्रो प्याकेजअन्तर्गत तार्केडाँडादेखि नयाँ गाउँसम्मको १३ किलोमिटर सडक लामा कन्स्ट्रक्सनले एक महिनाअघि निर्माण सम्पन्न गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.