सप्तरीमा पैदल यात्रुलाई ठक्कर दिई भागेको ट्रक सुनसरीमा समातियो

सप्तरीमा पैदल यात्रुलाई ठक्कर दिई भागेको ट्रक सुनसरीमा समातियो

राजविराज : सप्तरीमा पैदल यात्रीलाई ठक्कर दिएर भागेको ट्रकलाई प्रहरीले सुनसरीको इनरुवाबाट नियन्त्रणमा लिएको छ।

हनुमाननगर कंकालनी नगरपालिका १ भारदहस्थित पूर्व–पश्चिम राजमार्गमा सोही ठाउँका मुनिलाल रामका छोरा २९ वर्षीय शंकर रामलाई बुधबार ठक्कर दिएर भागेको १२ चक्के ट्रकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ।

रामको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहका सई चन्द्रनारायण सिंहले बताए।

पश्चिमबाट पूर्वतर्फ गएको ना ५ख ५४१० नम्बरको ट्रक र चालक झापाका लखन सोरेललाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कञ्चनरुपको नियन्त्रणमा राखिएको डीएसपी मकेन्द्रकुमार मिश्रले बताए।

चालकले घटना नस्वीकारे पनि ट्रकमा लागेको रगत, सिसी क्यामेरा र घटनाको समयका आधारमा ट्रक र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.