टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

राजविराज : सप्तरीको रुपनी गाउँपालिकामा टिपरको ठक्करबाट  एकजनाको मृत्यु भएको छ। टिपरकाो ठक्करबाट सप्तरीको खडक नगरपालिका १ का ४५ वर्षीय
 महेन्द्र मण्डलको मृत्यु भएको हो। शुक्रबार रुपनीबाट राजविराज आउँदै गरेको बा ४ ख ५५४२ नम्बरको टिपरले रुपनी गाउँपालिका १ स्थित रुपनी–राजबिराज सडकखण्डमा ठक्कर दिँदा उनको मृत्यु भएको हो। 

राजविराजबाट रुपनी हुँदै घरतर्फ जाँदै गरेको स ९ प ७९१८ नम्बरको मोटरसाइकललाई तीब्र गतिको टिपरले ठक्कर दिएको हो। मण्डलको उपचारका क्रममा युनिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी भावेश रिमालले जानकारी दिए। 

यसैबीच इलाका प्रहरी कार्यालय रुपनीले ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिएको जनाएको छ।
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.