विप्लव कार्यकर्ता भएको आरोपमा कांग्रेस निकट स्वास्थ्यकर्मी पक्राउ

विप्लव कार्यकर्ता भएको आरोपमा कांग्रेस निकट स्वास्थ्यकर्मी पक्राउ

गोरखा : ‘विप्लव’ नेतृत्वको नेकपाको गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले सिनियर अहेबलाई पक्राउ गरेको छ। गोरखा नगरपालिका १० निवासी रामचन्द्र पाण्डे (हनुमानको नाति)लाई प्रहरीले आइतबार बिहान घरबाटै पक्राउ गरेको हो। 

पाण्डे गोरखा नगरपालिका अन्र्तगतको शहरी स्वास्थ्य केन्द्र छेवेटारमा कार्यरत छन्। पाण्डे नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल स्वास्थ्यकर्मी संघका गोरखा जिल्ला उपाध्यक्ष, निजामती कर्मचारी युनियन (संघ)को जिल्ला सदस्य र स्वास्थ्यकर्मीको साझा संस्था नेपाल स्वास्थ्यकर्मी संघको गण्डकी प्रदेश उपाध्यक्ष हुन्। 

उनको गतिविधि केही शंकास्पद रहेको र थप अनुसन्धान गर्नुपर्ने देखिएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी महेन्द्र नेपालले बताए।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.