दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

राजविराज : सप्तरीमा हायसले ठक्कर दिँदा मंगलबार साझ मोटरसाइकल चालकको मृत्यु भएको छ। 

पूर्व–पश्चिम राजमार्गको सप्तरी खण्डमा खडक नगरपालिका ६ का ५५ वर्षीय कारी साहको मृत्यु भएको प्रहरीले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ५९८२ नम्बरको हायसले विपरीत दिशाबाट जाँदै गरेको स १ प ९७६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक विष्णुप्रदिप बस्यालका अनुसार ठक्करले घाइते साहको विराट नर्सिङ होम विराटनगरमा उपचारका क्रममा मंगलबार अपरान्ह मृत्यु भएको हो।

स्थानीय  एडभान्स अस्पताल कल्याणपुरमा प्राथमिक उपचारपश्चात घाइते साहलाई थप उपचारका लागि विराटनगर लगिएको थियो। ठक्कर दिने हायस र चालकलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिएको छ।
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.