चट्याङले तीनको मृत्यु
राजविराज : खेतमा काम गरिरहेका तीन जनाको मंगलबार चट्याङ लागेर मृत्यु भएको छ।
मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ की १५ वर्षीया पुनम यादव, सुरुंगा नगरपालिका-३ दौलतपुरकी ६० वर्षीय बौकु भनिने हरिहर चौधरी र हनुमानगर कंकालिनी नगरपालिका-११ की ४५ वर्षीया शिवसतीदेवी पण्डित रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
यादव धानको बिउ उखालिरहेकी थिइन्। चौधरी हलो जोतिरहेका थिए। पण्डित रोपाइँमा व्यस्त परिवारका सदस्यहरुलाई खाना पुर्याई घर फर्किरहेकी थिइन्।
प्रतिक्रिया दिनुहोस !