सप्तरीमा बाढीकाे वितण्डा : दुईजना बेपत्ता, हजाराैँ प्रभावित

सप्तरीमा बाढीकाे वितण्डा : दुईजना बेपत्ता, हजाराैँ प्रभावित

राजविराज : सप्तकोशी नदी र खाँडो खोलामा आएको बाढीले बगाएर सप्तरीमा दुईजना बेपत्ता भएका छन् ।

पानीको बहाव बढेपछि दाउरा, काठ निकाल्ने क्रममा रुपनी गाउँपालिका–१ स्थित खाँडो खोलाले बगाएर सोही ठाउँका नसिर मियाँ बेपत्ता भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।

खाँडो खोलाको बाढीमा बगेर आएको दाउरा र काठका मुढा निकाल्ने क्रममा मियाँ बेपत्ता भएको इलाका प्रहरी कार्यालय रुपनीका सइ सुरेश ठाकुरले बताए ।

यस्तै भैंसी चराउन गएका तिलाठी कोइलाडी गाउँपालिका–४ का ५५ वर्षीय बालेश्वर मुखिया सप्तकोशी नदीमा बगेर बेपत्ता भएका छन् ।

भैंसी चराएर घर फर्किरहेका बेला सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ स्थित नदी पार गर्ने क्रममा मुखिया बेपत्ता भएको तिलाठी कोइलाडी गाउँपालिका विपद् जोखिम न्यूनिकरण अधिकृत राजेश झाले बताए ।

मुखिया र मियाँको खोजी कार्यका लागि नेपाल र भारतका विभिन्न स्थानमा नाउ (डुङ्गा)हरु परिचालन गरिए पनि हालसम्म फेला नपरेको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले बताए ।

तिलाठी कोइलाडीका साढे दुई हजार परिवार प्रभावित

मंगलबार रातिदेखि आएको अविरल वर्षाका कारण सप्तकोशी नदी, खाँडो, महुली, जिता खोलामा आएको बाढीका कारण तिलाठी कोइलाडी गाउँपालिकाका करिब दुई हजार पाँच सय परिवार प्रभावित भएका छन् ।

खाँडो खोलाको बाँध तीन ठाउँमा भत्किँदा तिलाठी कोइलाडी गाउँपालिका १ को पूरै बस्ती डुवानमा परेको छ । गाउँपालिकाको वडा नम्बर १ जलमग्न हुँदा स्थानीयबासी प्रभावित भएका छन् । त्यहाँका आठ सयभन्दा बढी घर डुबानमा परेका छन् ।

डुबानबाट जोगिन स्थानीयवासी घर छाडेर उँचो र सुरक्षित स्थानतर्फ लागेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.