वर्षापछि सडक अवरुद्ध

वर्षापछि सडक अवरुद्ध

दैलेख : लगातारको वर्षातका कारण कर्णाली राजमार्ग जोड्ने सडक अवरुद्ध भएको छ। दैलेखको गुराँस गाउँपालिका हुँदै कर्णाली राजमार्गको तल्लो डुंगेश्वरसम्म जोडिने सडक अवरुद्ध भएको हो। बान्द्रेमा मंगलबारराती पहिरो गएपछि यातायात अवरुद्ध छ।

यो सडकखण्ड हुँदै कर्णालीका जिल्ला भित्रिने यात्रुवाहक र मालवाहक सवारी साधन तथा यात्रु अलपत्र परेका छन्। सुर्खेतबाट दैलेख हुँदै कर्णाली राजमार्ग जोड्ने यो सडकखण्ड मंगलबार रातीदेखि अबरुद्ध भएको हो। सियाकोट–तल्लो डुंगेश्वर सडक अन्तर्गत बान्द्रेमा गएको पहिरो हटाउन अझै केही दिन लाग्ने दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले बताए।

रती खोलामा यात्रुले बर्सेनि सास्ती खेप्दै आएका छन्। यसवर्ष पनि रती खोलामा पहिरो गएको छ। पुल निर्माणका क्रममा खोला खन्दा झनै जोखिम बढेको हो। पक्की पुल नबन्दा यात्रुले सास्ती खेप्दै आएका छन्।

पुल नबनेकै कारण सार्वजनिक सवारी साधन नचलेपछि रती खोला भएर आवतजावत गर्ने यात्रुलाई सास्ती हुने गरेको छ। यात्रु तार्ने काम भने स्थानीय युवाले गर्दै आएका छन्। स्थानीयले एक हजार रुपैयाँसम्म लिएर यात्रुलाई वारपार गराउँछन्। हिउँदमा सुर्खेतबाट दैलेख हुँदै कालिकोट, जुम्ला, मुगु र अछामका लागि छुट्ने गाडीहरू यही रुटबाट सञ्चालन हुने गर्छन्। गुराँसे हुँदै तल्लोडुगेश्वर जाँदा १३ किमि छोटो हुने भएकाले हिउँदको समय पनि यही रुट प्रयोग गर्ने गरिएको छ।

यो रुटबाट चल्ने गाडी तल्लो डुंगेश्वरमा गएर कर्णाली राजमार्गमा मिसिने गरेका छन्। साउन र भदौमा नेपालगन्ज र सुर्खेतबाट दैलेख हुँदै कर्णाली राजमार्ग भएर आउजाउ गर्ने यात्रुवाहक र मालवाहक गाडी गुड्न वर्षौदेखि धराप खेप्नु परेको छ। अर्कोतर्फ कालिकोट, जुम्ला र मुगु जोड्ने कर्णाली राजमार्ग भत्केर जिर्ण भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.