गोसाइँकुण्ड विशेष मेला : यस्तो छ तयारी

गोसाइँकुण्ड विशेष मेला : यस्तो छ तयारी

त्रिशूली, नुवाकोट : गोसाइँकुण्ड मेलाको तयारी सुरु भएको छ। मेला नजिकिदै जाँदा गोसाइँकुण्ड क्षेत्र विकास समितिले तयारी तीव्र पारेको हो। मेला संचालनका लागि पहिलो चरणमा १० वटा उपसमिति गठन गरिएको छ। सबै उपसमितिले प्रतिवेदन तयार गरेपछि फेरी तयारी बैठक बस्ने जनाइएको छ।

गोसाइँकुण्डमा प्रत्येक वर्षको जनैपूर्णिमा र गंगा दशहराको अवसरमा विशेष मेला लाग्ने गर्छ।साता व्यापीरुपमा लाग्ने मेलामा हजारौं तीर्थयात्रीहरु आउने गर्छन्। गोसाइँकुण्डमा स्नान गरी गोसाइबाबा भगवान शिवको दर्शन गरेमा जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चिताएको पूरा हुने जनविश्वास रहेको छ।सोही विश्वासका साथ मेलामा वर्षेनी हजारौं भक्तजन कुण्डमा स्नान गर्न आउने गर्दछन्।

पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालयखण्डको काखमा आएर गोसाइँवावा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशूलधाराको उत्पति भई त्रिशूलधाराको पानीबाट गोसाइँकुण्डको उत्पति भएको भन्ने किंवदन्ती रहेको पाइन्छ।

 
मेला यही साउन २० गतेदेखि सुरु हुँदैछ।धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरी वर्षको दुईपटक मेला लाग्ने गर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.