खच्चड चराउँदै, सुन ओसार्दै

खच्चड चराउँदै, सुन ओसार्दै

गोरखा : धनकमल गुरुङ खच्चड व्यवसायी हुन् । चुमनुब्री गाउँपालिका–७ छेकम्पारमा उनको खच्चड व्यवसाय छ । उनी होटल पनि चलाउँछन् । गुरुको व्यवसाय खच्चड र होटल मात्र रहेनछ, उनी त अवैध सुन कारोबारी पनि रहेछन् । प्रहरीले उनको साथबाट १६ किलो सुन बरामद गरेपछि उनको अवैध धन्दा बाहिर आएको हो ।

असार ११ गते राति गुरुङ आफ्ना गोठालासहित बेसी झर्दै थिए । गोठालाले मालिकले सुन ल्याएको सुराकी केही युवालाई दिए । सुन ल्याइरहेका गुरुङमाथि आक्रमण भयो । धनकमल खच्चडको भारी फुकाएर आक्रमणकारीबाट बच्न सफल भए । उनले सुन पनि लुकाउन भ्याए । आक्रमणको घटनाबारे माछाखोला प्रहरी चौकीमा जानकारी भएपछि प्रहरी घटनास्थलमा पुग्यो । आक्रमणकारी भागे । धनकमल पनि फरार भए । भाग्दै गरेका आक्रमणकारीमध्ये तीनजना गुम्दाबाट पक्राउ परे भने अन्य ६ जना फरार छन् ।

धनकमल भने यसबीच तीन फेर परिवारको सम्पर्कमा तथा खोर्लाबेसीमा देखा परिसकेका थिए । उनलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । सुनका मुख्य कारोबारी तिब्बती नागरिक भएको र प्रमुख भरिया छेकम्पारका बासिन्दा भएको अनुमान छ । १६ किलोग्राम सुनसहित एक महिनादेखि फरार धनकमललाई प्रहरीले बिहीबार धार्चे गाउँपालिका–३ बाट पक्राउ गरेको छ । गोरखाका एसपी ओम अधिकारीका अनुसार खोर्लाबेसीको जंगलको ओढारमा लुकाई–छिपाई राखेको १६ किलोग्राम सुन पनि बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा धनकमलले चुमनुब्री गाउँपालिका–७ छेकम्पारबाट खच्चडमा बोकाएर सुन ल्याएको स्वीकार गरेका छन् ।

उनले काठमाडौंसम्म पु¥याउने योजनाका साथ सुन ल्याएको बयान दिएको एसपी अधिकारीले बताए । ‘जमिनभित्र झोला र सलमा बेरेर बोराभित्र राखेको अवस्थामा सुन भेटियो’, अधिकारीले भने । उनले सुन राजस्व अनुसन्धान विभागमा पठाइने बताए । ‘सुन राजस्व अनुसन्धान विभागमा बुझाउँछौं’, एसपी अधिकारीले भने, ‘अबको मुद्दा चलाउने, अनुसन्धान गर्ने काम बिभागले नै गर्ने छ ।’

रसुवागढी र तातोपानी नाका व्यवस्थित बन्दै गएपछि तस्करले गोरखा नाका प्रयोग गर्न थालेका छन् । गोरखाको रुइला र ङुइला नाका हुँदै अवैध ओसारपसार बढ्न थालेको हो । पछिल्लो पटक छेकम्पारको ङुइला नाका हुँदै तिब्बतबाट भित्रिएको १८ किलोमध्ये १६ किलोग्राम सुन बरामद भएको छ । यसअघि २०७५ भदौ २३ गते चुमनुब्री गाउँपालिका ३ सिर्दिबासबाट प्रहरीले १० किलोग्राम सुन बरामद गरेको थियो । पाँच–पाँच किलो सुन बोकेर आएका चुमनुब्री गाउँपालिका–७ छेकम्पारका ५८ वर्षका डुण्डुप लामा र २८ वर्षका लोप्साङ पेम्बे लामालाई फिलिमबाट प्रहरीले पक्राउ गरेको थियो । २०७४ कात्तिक १६ गते लम्जुङको खुदीबाट १७ किलो सुनसहित पासाङ लामा पक्राउ परेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.