उपचारका क्रममा सुत्केरीको मृत्युपछि नुवाकोट तनावग्रस्त

उपचारका क्रममा सुत्केरीको मृत्युपछि नुवाकोट तनावग्रस्त

रातमाटे, नुवाकोट : चिकित्सकको लापरवाहीका कारण सुत्केरीको ज्यान गएको भन्दै मृतकका आफन्तले शुक्रबार  गल्छी-त्रिशूली सडक अवरुद्ध पारेका छन्। 

सडक अवरुद्ध भएपछि यातायातका साधन नुवाकोटको रातमाटेस्थित सडकमा रोकिएका छन्।वेलकोटगढी नगरपालिका ७ रातमाटे महादेवफाँटमा आक्रोशित स्थानीयले सडकमा टायर बाल्नुका साथै ड्रम राखेर सडक अवरुद्ध गरेका छन्।

नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा बिहीबार बिहान सुत्केरी ३५ वर्षीया गोमा ओस्तीको चिकित्सको लापरवाहीले ज्यान गएको भन्दै मृतका आफन्त र स्थानीयवासीले वेलकोटगी नगरपालिकाको रातमाटे, महादेव फाँटलगायतका स्थानमा टायर बाले सडक अवरुद्ध गरेका हुन्।सुत्केरी गोमालाई काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याउने वित्तिकै उनको मृत्यु भएको थियो।

यसअघि सुत्केरी गराउन अस्पताल आएकी गोमाको बिहीबार बिहान ६ बजे डेलिभरी भएको थियो।स्वास्थ्यकर्मीले ७ बजे नवजात शिशुको श्वास रोकिएको भन्दै अस्पतालले काठमाडौं रिफर गरेको थियो।

घटनाका दोषीलाई कारवाही गरिनुपर्ने र क्षतिपूर्तिको माग गर्दै सडक बन्द गराएको मृतकका आफन्तले बताएका छन्।  सडक अवरुद्ध भएपछि करिब २ सयभन्दा बढी सवारीसाधन बाटोमै अलपत्र परेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.