तरकारी बजारमा जब डोजर चल्यो... (भिडियो)

तरकारी बजारमा जब डोजर चल्यो... (भिडियो)

ललितपुर : शुक्रबार बिहान ११ बज्दै थियो। ललितपुरको जावलाखेल तरकारी बजारमा आफ्नै खालको चहलपहल थियो। पसलेहरु तरकारी तथा फलफूल बेच्‍न व्यस्त थिए। एकाएक साइरनसहितको प्रहरी भ्यान अनि डोजर देखेपछि तरकारी पसलेहरु अचम्मित भए। गाडीबाट ओर्लेर एकजना प्रहरीले आदेशको शैलीमा भने, 'ल तपाईँहरु हट्नुस् यहाँ डोजर चल्छ।'

त्यसपछि डोजर चलाउन थालियो। पसलेहरुलाई बलपूर्वक हटाइयो। पूर्व जानकारीबिना आफूहरुलाई जबरजस्ती हटाइएको भन्दै रोइकराइ गरे। तर डोजर रोकिएन।

तरकारी तथा फलफूल बजारमा डोजर अप्रेशन निरीक्षणा ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी पनि आफै पुगेका थिए। त्यहाँ पुगेका प्रजिअ जोशीले पहिले नै पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि डोजर चलाउनुपरेको अन्‍नपूर्णसँग  बताए। 

जावलाखेलको सार्वजनिक जग्गामा ०५२ साल देखि बनाएर त्यहाँ तरकारी तथा फलफूल बजार संचालन हुँदै आएको थियो। उनीहरुले पसल संचालन गरे बापत जावलाखेल क्लबलाई भाडा बुझाउँदै आएका थिए।

विस्थापित पसलेले सार्वजनिक जग्गा हडप्‍ने नियत आफूहरुको नभएको तर पूर्व जानकारीबिना टहरा भत्काउँदा आफ्नो रोजीरोटीको आधार खोसिएको बताए।तरकारी पसले रामबहादुर शर्माले भने, हाम्रो पेटमाथि डोजर चलाइएको पीडा भएको छ।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.