संसद्को‍ अवरोध हट्यो, सर्वदलीय समिति बनाइने

संसद्को‍ अवरोध हट्यो, सर्वदलीय समिति बनाइने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपा सदनको अवरोध हटाउन सहमत भएका छन्।सोमबार बसेको सर्वदलीय बैठकमा सर्लाही घटनालगायत गैरन्यायिक हत्याको छानविन गर्न संसदीय समिति गठनको माग स्थगित गर्दै सदनको अवरोध हटाउन सहमत भएका हुन्। 

सदनको गतिरोध अन्त्य गर्ने र संसदलाई प्रभावकारी बनाउने सहमति भएपछि संसदको अवरोध हटेको सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए।

फेरि यस्तो गतिरोध हुन नदिन संविधान, नियम र स्थापित परम्पराअनुसार आवश्यक अध्ययन गरी सुझाव दिन ७ सदस्यीय विशेष समिति समेत गठन गरिने भएको छ। 

समितिमा रहने सांसदको नाम सभामुखले संसद बैठकबाटै पढेर सुनाउने सहमति सत्तापक्षीय-प्रतिपक्ष दलले गरेका हुन्। कांग्रेस र राजपाले गैरन्यायिक हत्याको छानबिनलगायतका विषयमा सरकार गम्भीर नभएको भन्दै संसद्‍मा अवरोध गर्दै आएका थिए।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.