गोसाइकुण्ड मेला सुरु

गोसाइकुण्ड मेला सुरु

नुवाकोट : गोसाइँकुण्ड मेला सुरु भएको छ।  जनैपूर्णिमाको अवसरमा लाग्ने मेला भर्न आन्तरिक तथा वाह्य तीर्थयात्री आउने क्रम सुरु भएको छ।  गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले मेलामा आन्तरिक तथा बाह्य गरी २० हजार तीर्थयात्री भित्र्याउने लक्ष्य लिएको छ।  मेलाको सम्पूर्ण तयारी पूरा भएको समितिका अध्यक्ष डिएमले जानकारी दिए।

गोसाइकुण्ड गाउँपालिका- ५ मा रहेको प्रसिद्ध गोसाइकुण्डमा गत वर्ष १७ हजार तीर्थयात्रीले मेला भरेका थिए। गोसाइकुण्डमा प्रत्येक वर्षको जनैपूर्णिमा र गंगा दशहराको अवसरमा विशेष मेला लाग्ने गर्छ। मेला व्यवस्थित र मर्यादित बनाउन विभिन्न उपसमितिहरु गठन गरिएका छन्।

जनैपूर्णिमाका अवसरमा १७ हजारभन्दा बढी भक्तजनका लागि भोजन र बासको व्यवस्था मिलाउन होटल व्यवसायीलाई आग्रह गरिएको डिएमले बताए। यस वर्ष गोसाइँकुण्ड मेला साउन २० देखि ३० गतेसम्म लाग्नेछ।

पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालयखण्डको काखमा आएका भगवान शिवले त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशूलधाराको उत्पति भएको र त्रिशुलधाराको पानीबाट गोसाइँकुण्डको उत्पति भएको भन्ने किंवदन्ती रहेको छ।

गोसाइँकुण्डमा स्नान गर्दा अन्जानमा गरिएका पापबाट मुक्त हुने जनविश्वास छ। गोसाइँकुण्ड जाने तीर्थयात्रुको सुरक्षा व्यवस्था मिलाइ सकिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए।मेलामा स्वास्थ्य शिविर पनि संचालनमा छ।

गोसाइकुण्ड पुगेर आफ्ना दिवंगत पितृको सम्झना गर्दै श्राद्ध तथा तर्पण गरेमा पितृ स्वर्गमा पुग्ने विश्वास रहिआएको छ।कुण्डमा पूजा र स्नान गर्दा सबै पाप मोक्ष हुने, मनले चिताएको पुग्ने र ग्रहदशा हट्ने विश्वास गरिन्छ।  

गोसाइँकुण्ड मेलाका लागि दररेट (शुल्क) निर्धारण गरिएको छ। मेलाको समयमा तीर्थयात्री ठगिने सम्भावना कम गर्नका लागि दररेट निर्धारण गरिएको हो। भौगोलिक अवस्थिति र दूरीलाई आधार बनाएर दररेट निर्धारण गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ। समितिले चिया, खाना, तातोपानी, बास र घोडाचढीका लागि शुल्क निर्धारण गरेको हो।

घोडाचढीका लागि घट्टेखोला-चन्दनबारीसम्म ३ हजार २ सय ५०, घट्टेखोला-बुद्ध मन्दिरसम्म ५ हजार ५ सय, घट्टखोला-गोसाइँकुण्डसम्म ६ हजार ५ सय, देउराली-चोलाङपाटी २ हजार ७ सय ५०, देउराली-बुद्ध मन्दिर ५ हजार, देउराली-गोसाइँकुण्ड ६ हजार रुपैयाँ शुल्क तोकिएको छ।

यस्तै, चन्दनबारी-बुद्ध मन्दिर ४ हजार ५ सय, चन्दनबारी-गोसाइँकुण्ड ५ हजार, चोलाङपाटी-बुद्ध मन्दिर ३ हजार ५ सय र चोलाङपाटी-गोसाइँकुण्ड ४ हजार ५ सय रुपयाँ शुल्क निर्धारण गरिएको समितिले जनाएको छ। यस्तै, ठाउँअनुसार होटलको मूल्य पनि फरक फरक कायम गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.