सुन अहिलेसम्मकै महंगो, यस्तो छ आजको मूल्य
![सुन अहिलेसम्मकै महंगो, यस्तो छ आजको मूल्य](https://annapurnapost.prixacdn.net/media/albums/gold_20181210050520_Vs6aQGfMGV.jpg)
काठमाडौं : नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ।मंगलबार सुन तोलामा २ सयले बढेको छ। सोमबार सुन तोलामा १५ सय रुपैयाँले बढेर ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।मंगलबार सुन तोलामा ६८ हजार रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार ७९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)