गर्भवती बुहारीको हत्या आरोपित सासू–ससुरा पक्राउ

गर्भवती बुहारीको हत्या आरोपित सासू–ससुरा पक्राउ

राजविराज : गर्भवती बुहारीको हत्या आरोपमा मंगलबार सप्तरीमा सासू–ससुरा पक्राउ परेका छन् ।

सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की १९ वर्षीया गर्भवती रञ्जुदेवी यादवको हत्या आरोपमा सप्तरी प्रहरीले उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरेको छ । 

दुई साताको अनुसन्धानपछि आरोपितलाई पक्राउ गरी कर्तव्य ज्यानको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताए । रञ्जुका पति दिनेश यादव बजार गएका बेला राति साढे आठबजे घटना भएको थियो । 

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा साउन ५ गते राति ल्याउनु अगावै निधन भइसकेकी रञ्जुको घाँटीमा डोरीको निलडाम र शरीरमा चोटपटक लागेको देखेपछि मृतकका दाजु रामसेवक यादवले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका थिए ।

सप्तरी प्रहरीका अनुसार रञ्जुको शवको धरानस्थित बीपी  कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउन ७ गते पोष्टमार्टम भएको छ । तीन महिनाकी गर्भवती रहेकी मृतकको १० महिनाकी छोरी छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.