विमानस्थल निर्माणमा बाधा भए सह्‍य हुँदैन : मन्त्री भट्टराई

विमानस्थल निर्माणमा बाधा भए सह्‍य हुँदैन : मन्त्री भट्टराई

भैरहवा : नदीजन्य पदार्थको अभाव खेपिरहेको निर्माणधिन गौतम बुद्ध (भैरहवा) अन्तर्राष्ट्रिय विमानस्थललाई आवश्यक सबै सहयोग गर्न स्थानीय तहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भटट्राईले निर्देशन दिएका छन्।

रुपन्देहीका केही स्थानीय तहले आयोजनालाई सहज रुपमा नदीजन्य पदार्थ उपलब्ध नगराएपछि मन्त्री भटट्राईले बिहीबार भैरहवामा आयोजित विमानस्थलको प्रगति र समस्या विषयक छलफल कार्यक्रममा तहलाई निर्देशन दिएका हुन्।

‘आयोजनामा कुनै पनि स्थानीय तह वा सरकारी निकायबाट बाधा उत्पन्न हुने कदम सह्य हुने छैन’, मन्त्री भट्टराईले स्थानीय तहहरुलाई निर्देशन दिँदै भने, ‘कुनै छलफल गर्नु छ भने पहिल्यै गरौँ नत्र पछि बाधा उत्पन्न गर्न पाइदैन।’

बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका र जिल्ला समन्वय समितिका प्रमुख सहभागी कार्यक्रममा उनले आयोजनाले माग गरे अनुसार आवश्यक नदीजन्य पदार्थ उपलब्ध गराउनेदेखि सबै सहयोग गर्न निर्देशन दिए।  ‘आयोजनाले माग गरेको अवस्थामा कहाँ बाट हुन्छ प्रयाप्त मात्रामा नदीजन्य पदार्थ उपलब्ध गराउनुहोस्’, उनले भने।
 
बुटवल उमहानगरपालिकाले विमानस्थल आयोजनालाई नदीजन्य पदार्थको उत्खननका लागि सम्झौता गरेर कार्यदेश दिइसकेको अवस्थामा पनि बाधा उत्पन्न गरेको थियो। जिल्लाका स्थानीय तहले सहज रुपमा नदीजन्य पदार्थ उपलब्ध नगराउँदा अन्य जिल्लाबाट नदीजन्य पदार्थ ढुवानी गर्नुपर्दा समस्या भएको आयोजना प्रमुख प्रवेश अधिकारीले कार्यक्रममा ब्रिफ गरेका थिए। 

विमानस्थलको ठेकेदार चिनियाँ कम्पनीका प्रतिनिधिले पनि विमानस्थल समयमा सम्पन्न गर्नका लागि नदीजन्य पदार्थ र माटोको अभाव समस्याको रुपमा रहेको बताएका थिए ।
उनले आफू मन्त्री भएपछि प्रधानमन्त्रीले बधाई दिने क्रममा यस विमानस्थलको विषयमा चासो राख्दै समयमा काम सम्पन्न गराउन निर्देशन दिएको बताए। ‘यो विमानस्थल समयमा सक्नु÷नसक्नु हाम्रोे लागि परीक्षा हो’ उनले भने, ‘प्रधानमन्त्रीले यसमा परीक्षा लिनु भएको छ। मलाई विश्वास छ हामी यसमा उत्तिर्ण हुन्छौँ।’

आयोजनाको काम सम्पन्न गर्नका लागि आवश्यक परे राजनितिक संयन्त्र गठन गरेर अघि बढ्न सक्ने उनको भनाइ छ।  उनले थपिएको म्याद अवधि (२०१९ डिसेम्बर ३०) भित्र विमानस्थलको निर्माण कार्य सम्पन्न गर्न समेत निर्देशन दिए। अधिकांश आयोजना अन्तिम समयमा पुग्दा समस्या उत्पन्न गरेको देखिएपनि यस आयोजनामा कुनै समस्या उत्पन्न हुन दिने उनको भनाई छ। त्यसका लागि आफुले अनुदान तथा ऋण सहयोगी एडिबीलाई पनि म्याद अवधी भित्र सबै रकम प्रदान गर्नका लागि स्पष्ट भाषमा भनिसकेको बताए।
उनले ठेकेदार कम्पनीलाई रकम भुक्तानीमा सहजीकरण गर्ने तर निर्माणअवधी एक दिन पनि ढिला भए मान्य नसकिने बताए।

उनले मुलुकको हितमा विमानस्थलको संचालन व्यवस्थापनका लागि जि टु जि मार्फत संचालन भए त्यसैमार्फत संचालन गरिने नभए नागरिक उडड्यन प्राधिकरण आफैले संचालन व्यवस्थापन गर्ने बताए। मन्त्री भटट्राईले निर्माणधिन विमानस्थलको निरीक्षण अवलोकन गर्दै जानकारी लिएका थिए।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.