सुस्त मनस्थितिकी युवती बलात्कृत गर्ने दुई पक्राउ
राजविराज : सप्तरीमा एक सुस्त मनस्थितिकी २२ वर्षीया युवती बलात्कृत भएकी छन्।राजविराज नगरपालिका-९ मलेठस्थित हनुमान मन्दिर परिसरमा युवती बलात्कार गरेको आरोपमा सोही स्थानका २४ वर्षीय रमनलाल दास र २२ वर्षीय रोशन यादवलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
राजविराजमा अलपत्र परेकी युवतीलाई विवाहको आश्वासन दिएर बलात्कार गरेको रहस्य खुलेको छ। मदिरा सेवन गरेका आरोपितले विवाहको आश्वासन दिई मोटरसाइकलमा लगेर बुधबार बलात्कार गरेको प्रहरी निरीक्षक रीता पौडेलले बताइन्।
सुस्त मनस्थितिकी युवती घर फर्कन अल्मलिएर बाटोमा अलपत्र परेका बेला बलात्कृत भएको प्रहरी निरीक्षक पौडेलले बताइन्। पीडितका अनुसार आरोपितले विवाहको आश्वासन दिएर बलात्कार गरेका हुन्।
युवती पाँच दिनदेखि घरबाट बेपत्ता थिइन्। पाँच दिनदेखि घरबाट बेपत्ता युवती मोरङ्गको बिराटनगरबाट सुनसरीको झुम्काको आफन्तकहाँ हुँदै राजविराज आइपुगेकी थिइन्। बलात्कृत भएको अवस्थामा फेला परेकी युवतीको बयानका आधारमा प्रहरीले आरोपितलाई बिहीबार पक्राउ गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !