बिजुलीको पोलले लागेर मृत्यु
राजविराज : सप्तरीमा बिजुलीको पोलले लागेर एकजनाको मृत्यु भएको छ। घरबाट मजदुर खोज्न निक्लिएका सप्तरीका डाकनेश्वरी नगरपालिका ५ पातोका ४८ वर्षीय भोलाप्रसाद साहको मृत्यु भएको हो।
प्रहरीका अनुसार अर्कैले काटेको रुखको हाँगाा खसेर सिमेन्टको पोल भाँचिएर खस्दा उनको मृत्यु भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। साह कुराकानी गरी उभिएका बेला पोल भाँचिएर उनको शरीरमा खसेको स्थानीय नारायण मण्डलले बताए। प्रहरीका अनुसार स्थानीयवासीले काटिरहेको रुखको हाँगा पोलमाथि खस्दा पोल भाँचिएर साहलाई लागेको थियो।
टाउको तथा नाकमा गम्भीर चोट लागेका साहको उपचारका क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको हो। डाकनेश्वरी नगरपालिका ३ तरही साविक घर भएका साह व्यापारका लागि परिवासहित पातोमा बसोवास गर्दै आएका थिए।
प्रतिक्रिया दिनुहोस !