श्रीमान‍्सँगै रहेकी महिलाले सुनकोशीमा हाम फालिन्

श्रीमान‍्सँगै रहेकी महिलाले सुनकोशीमा हाम फालिन्

सिन्धुली : सिन्धुलीको सुनकोशी गाउँपालिका-१ कुशेश्वर मन्दिर नजिकै एक महिलाले सुनकोशी नदीमा हाम फलेर आत्महत्या गरेकी छिन्। पाँचखाल नगरपालिका १० काभ्रेका ओमबहादुर रायमाझीकी श्रीमती ३४ वर्षीया सरस्वती रायमाझीले श्रीमानसँगै हुँदा कोसीमा हामफालेर आत्म हत्या गरेको सिन्धुली प्रहरीले जनाएको छ। 

रायमाझी दम्पती रामेछापको वेथान गाउँपालिका ६ जुगेपानीतर्फ हिँड्दै गर्दा सरस्वतीले श्रीमान्को साथ छाडेर एक्‍कासी सुनकोसी नदीमा हामफालेर आत्महत्या गरेको सिन्धुलीका प्रहरी प्रमुख (एसपी) चक्रबहादुर सिंहले जानकारी दिए।

'शनिबार बिहान करिब साँढे ११ बजेको समयमा श्रीमानसँगै सुनकोसी नदी पार गर्ने क्रममा सरस्वतीले नदीमा हामफालेको उनका श्रीमान र प्रत्यक्षदर्शी स्थानीयले जनाएका छन्। सरस्वतीको शव घटनास्थलभन्दा करिब २१ किलोमिटर तल सुनकोसी गाउँपालिका ६ खहरे दोभानमा करिब २ बजेतिर फेला परेको थियो।उनले नदीमा हाम फाल्नुका कारण भने खुल्न सकेको छैन।

प्रहरी र स्थानीयको सक्रियतामा मृतक सरस्वतीको शव फेला पारेको हो।श्रीमान ओमबहादुर रायमाझीका अनुसार मृतक सरस्वतीले डिप्रेसनको औषधि सेवन गर्दै आएको प्रहरी प्रमुख सिंहले जनाए। 

लामो समयदेखि औषधि खाँदै आएकी सरस्वतीले डिप्रेसनकै कारण आत्महत्या गरेको हो वा अन्य कारण भने अनुशन्धानबाट थाहा हुने उनले बताए। लामो समयदेखि बिरामी सरस्वतिले आर्थिक अभावका कारण आत्महत्या गरेको हुनसक्ने पनि अनुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.