बागलुङमा धारिलो हतियार प्रयोग गरी वृद्ध दम्पतिको हत्या

बागलुङमा धारिलो हतियार प्रयोग गरी वृद्ध दम्पतिको हत्या

बागलुङ : जिल्लाको ढोरपाटन नगरपालिका वडा नं.८ बोबाङमा एक दम्पति विभत्स ढंगले हत्या भएको गरिएको छ।  गएराति आफ्नै घरमा रहेका ६८ वर्षीय भानबहादुर कामी र उनकी ६० वर्षीया श्रीमती बिमा कामीको हत्या भएको प्रहरी चौकी बोबाङका इन्चार्ज शिवराज सुवेदीले जानकारी दिए ।

सुवेदीका अनुसार धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा आइतबार बिहान भानबहादुर शव घरनजिकै मकैबारीमा र श्रीमती बिमाको शव घरभित्रै फेला परेको थियो । घटनाबारे सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताए।

‘घटनाको प्रकृति हेर्दा बञ्चरो प्रयोग गरेको जस्तो देखिन्छ,’ प्रहरी उपरीक्षक भट्टले भने–‘दुवै जनाको टाउकोमा देखिएको जानकारी आएको छ ।’ जिल्लाबाट समेत अनुसन्धानका लागि प्रहरी टोली खटाइएको र अनुसन्धान पश्चात मात्र थप कुरा भन्न सकिने उनले बताए । 

 
मृतक विकका छोरा–बुहारी भने ढोरपाटनमा बस्दै आएको स्थानीयले जानकारी दिएका छन् ।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.