वर्षमै थपिए ४६ होटल

वर्षमै थपिए ४६ होटल

काठमाडौं : सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटन प्रवद्र्धन गरिरहेकै बेला होटलमा लगानी बढेको छ। पर्यटकस्तरीय र तारे गरी ४६ वटा होटल एकै वर्ष थपिएका छन्।

पर्यटन विभागले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५/७६ मा १६ वटा तारे र ३० पर्यटक स्तरीय होटल थपिएका हुन्। विभागका नायव सुब्बा राजेशकुमार लम्साले गत आवमा पाँचतारे चारवटा, चारतारे पाँचवटा, तीनचारे तीनवटा, दुईतारे एक, एकतारे तीन र पर्यटक स्तरका ३० वटा होटल थपिएको जानकारी दिए।

विभागका अनुसार दसकपछि थपिएका पाँचतारे र तीन दशकपछि थपिएका चारतारे होटलमा आकर्षक बढेको छ। दुई वर्ष अगाडिसम्म १० वटामा सीमित पाँचतारे होटलको संख्या हाल १५ पुगेको छ। तीन दसकसम्म दुईवटामा सीमित चारतारे होटल पनि पछिल्लो दुई वर्षमै ११ वटा पुगेका छन्। तीन तारेको संख्या ३४, दुईतारे ४३ र र एक तारको संख्या ३६ पुगेको छ। पर्यटक स्तरका होटलको संख्या पाँच सय २३ वटा पुगेको छ।

पाँचतारेमा १० अर्ब लगानी

पर्यटन विभागका दर्ता भएका र सम्बन्धित होटलले दिएको विवरणअनुसार एक वर्षमा थप भएका चारवटा पाँचतारे होटलमा १० अर्बभन्दा बढी लगानी भएको छ। विभागमा सम्बन्धित होटलले बुझाएको विवरणअनुसार चारवटा पाँचतारे होटलको कुल पुँजी नै करिब १० अर्ब रुपैयाँ छ। गत आवमा थप भएका यस्ता पाँचतारे होटलमा दुईवटा काठमाडौंमा र दुईवटा काठमाडौं बाहिर छन्। काठमाडौंभित्र एभरेस्ट हस्पिटालिटी एन्ड होटलको म्यारिओट काठमाडौं र छायाँदेवी कम्प्लेक्सको अलफ्ट काठमाडौं पाँचातारेमा थपिएको छ। दुई सय १५ कोठा क्षमताको म्यारिओटमा दुई अर्ब ६६ करोड ६० लाखको र एक सय ६७ कोठाको अलफ्टमा पाँच अर्बको कुल पुँजी रहेको जानकारी पनि विभागले दिएको छ।

काठमाडौं बाहिरका पाँचतारे होटलमा दुई अर्ब कुल पुँजी रहेको ८० कोठाको सोल्टी सिवक्रिम होटल तथा रिसोर्ट रहेको छ। सोल्टी हस्पिटालिटीको यो होटल नेपालगन्जमा अवस्थित पाँचतारे हो। यस्तै ६० करोड रुपैयाँ मात्रै कुल पुँजी देखाइएको कोहलपुरको होटल सेन्ट्रल प्लाजामा ८० वटा कोठा छ। काठमाडौं बाहिर ८० कोठा भएको र तोकिएको मापदण्ड पूरा गरेका होटले पाँचतारे पाउँछन्।

यसअघि २०७४ मंसिरमा थपिएको भैरहवामा सिल्भर हेरिटेजको एक सय एक कोठा क्षमता भएको टाइगरवाट प्यालेस रहेको छ। त्यसअघि सञ्चालनमा रहेका सोल्टी, हायात, याक एन्ड यती, अन्नपूर्ण, पोखरा ग्रान्डी छन्। पाँचतारेकै मान्यता पाएका तर हाल सञ्चालनमा नरहेको दुई होटल एभरेस्ट र पोखराको फूलबारी रिसोर्ट पनि छ।

तीन वर्षमा नौ वटा चारतारे होटल

नेपालमा दसकपछि औपचारिक रूपमा नयाँ चारतारे होटलप्रतिको आकर्षण पनि धमाधम बढिरहेको छ। तीन दशकसम्म चारतारे दुईवटा मात्रै भनेर चिनिएको भए पनि स्तर वर्गीकरणमा भने २०६६ मा हिमालय २०६९ मा शंकर होटल मात्रै छन्। त्यसपछि अहिले थप नौ वटा यस्ता चारतारे होटल थप भएर गत आवसम्म सञ्चालनमा आएका छन्। पर्यटन विभागमा दर्ता भएका चारतारे होटलको संख्या गत आवसम्म ११ वटा पुगेको छ। यसअघि दसकौंसम्म चारतारे होटलको रूपमा लाजिम्पाटको शंकर र हिमालयनलाई मात्रैलाई लिने गरिएको थियो।

काठमाडौंभित्र सीमित चारतारे होटल अब राजधानीबाहिर पनि पुगेका छन्। पर्यटन विभागले दिएको जानकारीअनुसार २०७३ पछि थप भएका यस्ता चारतारे होटलमा महेन्द्रनगरको होटल ओपेरा, नेपालगन्जको होटल कृष्णा, सिमराको होटल इच्छा छ। नगरकोटको होटल मिस्टिक माउन्टेन, बाँकेको भ्यू होटल सिद्धार्थ, कास्कीको होटल सरोवर, रुपन्देहीको होटल ड्रिमल्यान्ड, हाठमाडौंको ग्रान्ड होटल र रविभवनको होटल क्राउन इम्पेरियल चारतारेमा थप भएका हुन्।

यसबाहेक व्यवसायले विभिन्न माध्यमबाट घोषणा गरेका होटल निर्माणकै चरणमा रहेकोले सम्पन्न भए पनि मन्त्रालयले गर्ने निरीक्षणबाट मात्रै स्तर वर्गीकरण हुने उल्लेख छ। पहिल्यै चारतारे भनेर निर्माण गरिए पनि स्तर वर्गीकरण पश्चात उक्त होटल तीनतारे हुने पनि गर्छ।

१६ होटलको स्तर वर्गीकरण

विभागका अनुसार गत आव २०७५/७६ मा तारेदेखि पाँचतारेसम्मका १६ वटा होटलको स्तर वर्गीकरण भएको छ। गत आवमा थपिएका यस्ता होटलमा १३ सय ४२ वटा कोठा रहेको पर्यटन विभागले जानकारी दिएको छ। विभागका अनुसार सोल्टी शिवक्रिम, सेन्टल प्लाजा, म्यारिओट काठमाडौं र अलफ्ट काठमाडौंसहितका चारवटा पाँचतारेमा पाँच सय ४२ वटा कोठा संख्या थप भएका छन्। यी होटलमा सात सय ५८ वटा बेड संख्या रहेको उल्लेख छ।

यस्तै पाँच वटा तारतारे होटल भ्यू होटल सिद्धार्थमा ५८ वटा बेड संख्या रहेको उल्लेख छ। यी होटलमा भ्यू होटल सिद्धार्थ, होटल सरोवर, ड्रिमल्यान्ड रिसोर्ट एन्ड होटल, ग्रान्ड होटल र होटल क्राउन इम्पेरियलमा पाँच सय तीनवटा कोठा रहेका छन्। गत वर्ष थपिएका यस्ता चारतारे होटलमा सात सय ३६ वटा बेड संख्या रहेको उल्लेख छ।

यस्तै तीनवटा तीन तारेमा एक सय ७१ कोठा संख्या र दुई सय ७३ बेड संख्या छ। एउटा दुई तारेमा ४५ कोठा र ९७ बेड संख्या रहेको छ भने तीनवटा एक तारे होटलमा ८१ कोठा र एक सय १४ वटा बेड संख्यासहितको होटल स्तरीकरण भएको पर्यटन विभागले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.