नुवाकोटमा करेन्ट लागेर एकजनाको मृत्यु

नुवाकोटमा करेन्ट लागेर एकजनाको मृत्यु

नुवाकोट : नुवाकोटको शन्तिबजारमा करेन्ट लागेर बिहीबार एक मजदुर युवकको ज्यान गएको छ । किस्पाङ गाउँपालिका–५ मा निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत आयोजनाको निर्माण सामग्री ओसार्ने क्रममा करेन्ट लागेर ट्रिपरका सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

मृतक कालिका गाउँपालिका-२ का १९ वर्षीय विक्रम थिङ रहेको प्रहरी निरीक्षक विष्णु फुयालले जानकारी दिए । उनका अनुसार शान्तिबजारस्थित 'हिम्दुङ एण्ड थोकर कन्सट्रक्सन' कम्पनीको क्रसर उद्योगमा ट्रिपरको ढाला खोलेर बालुवा भर्ने क्रममा करेन्ट लागेर थिङ गम्भीर घाइते भएका थिए । 

उनलाई उपचारको लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूली ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको हो । उनी बा ४ ख ८७१८ नम्बरको ट्रिपरका सहचालक थिए । उनको मृत्यु भएपछि चालक विष्णुबहादुर थिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

विष्णुबहादुर सहचालकका काका हुन् । सो घटना रहस्यमय रहेको जनाउंदै मृतकका आफन्त तथा स्थानीयले विरोध जनाउंदै घटनामा लापरवाही गर्नेलाई कारवाहीको माग गरेका छन् । 
मृतक युवकको शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ । तीन साताको अवधिमा करेन्ट लागेर नुवाकोटको छुट्टाछुट्टै स्थानमा तीन जनाको ज्यान गएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.