टाइमकार्ड नियम अलपत्र

टाइमकार्ड नियम अलपत्र

सुर्खेत : कर्णाली राजमार्गमा सवारी दुर्घटनाको जोखिम घटाउन लागू गरिएको टाइमकार्डको नियम अलपत्र परेको छ। दुई वर्षअघि राजमार्गमा चल्ने यात्रुवाहक सवारीमा लागू गरिएको टाइमकार्डको नियम अहिले अस्तव्यस्त छ। सवारीको गति नियन्त्रण गर्न र यात्रुको चाप निगरानी गर्न कर्णालीका जिल्लामा सवारीमा टाइमकार्ड लागू गरिएको थियो।

तीन वर्षको अवधिमा सुर्खेतमा मात्रै सवारी दुर्घटनामा परी एकसय जनाको मृत्यु भएको ट्राफिकको तथ्यांकमा उल्लेख छ। यस्तै ५ सय १३ जना घाइते बनेका छन्। जिल्ला ट्राफिक कार्यालय सुर्खेतका अनुसार हरेक सवारीमा क्षमताभन्दा बढी सवारी नराख्न, गाडीको गति नियन्त्रण गर्न, गाडी र यात्रुको अवस्था बुझ्न सजिलोका लागि राजमार्गमा गुड्ने सबै सवारी चालकलाई टाइमकार्ड दिने व्यवस्था गरिएको थियो। सो टाइमकार्डमा सवारी गुडेको समय र गन्तव्यमा पुग्नुपर्ने समय उल्लेख गरिएको हुन्थ्यो। यही कार्डको आधारमा ट्राफिक प्रहरीले सवारी साधनमाथि निगरानी गर्दै आएको थियो।

‘टाइमकार्डको नियम हराएपछि क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा पुराना सवारी चलाउने, मनपरी भाडा असुल्ने, सवारी चालकले मापसे गरेर गाडी चलाउने जस्ता समस्या छन्’ राजमार्गको सवारी यात्रापछि यात्रु प्रेम गौतमले भने, ‘जोखिमपूर्ण सडकमा टाइमकार्ड नियम उपयुक्त थियो, यो हटाइएपछि दुर्घटनाको जोखिम पनि बढेको छ।’ टाइमकार्ड हराएपछि यात्रुवाहक सवारीको पूरानै समस्या दोहोरिएको छ।

टाइमकार्ड नियम हराएपछि सवारी चालकलेसमेत गाडी छुटेको र पुग्ने समयबारे ट्राफिक प्रहरीलाई ढाट्ने गरेका छन्। ट्राफिक पनि चालकको विश्वासकै आधारमा गाडी छाड्ने गर्छन्। यता जिल्ला ट्राफिक कार्यालय सुर्खेतका अनुसार राजमार्गमा दुर्घटनाको जोखिम घट्नुका साथै ट्राफिक चेक पोष्टको पहुँज पुगेपछि टाइमकार्ड नियम हटाइएको हो। ‘अहिले कर्णाली राजमार्गका धेरै ठाउँमा ट्राफिक चेकपोष्ट छन्’ ट्राफिक प्रमुख उदयसिंह सिजापतीले भने, ‘प्रहरीले चेकपोष्टमा राम्रोसँग चेकजाँच गर्ने गरेको छ, त्यसैले टाइमकार्ड नियम छुटेको हो।’

सिजापतीले सुर्खेतमा दुर्घटनाको जोखिम घटाउन छाडा पशुचौपाया नियन्त्रण गर्ने बताएका छन्। ‘छाडा चौपायका कारण सुर्खेतमा सवारी दुर्घटना बढेका छन्, यसलाई रोक्न चौपाया नियन्त्रण गरिने छ’ उनले भने, ‘निर्माण सम्पन्न भएको सिटी बसपार्क सञ्चालनमा नआउँदा अहिले जथाभावी गाडी पार्किङ हुन्छन्, अब छिट्टै त्यो समस्या पनि हट्नेछ।’ आफ्नो सुर्खेत बसाइमा अव्यवस्थीत अटोरिक्सा सञ्चालनदेखि बजारका सडक तथा फुटपाथमा राखिने सामान व्यवस्थापन गर्ने उनले बताए। साथै २० वर्ष पुराना सवारी व्यवस्थापनमा जोड दिने उनको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.