'यो भल छोपेर बनेको सरकार होइन, केही भएन भन्नेलाई धन्यवाद'

'यो भल छोपेर बनेको सरकार होइन, केही भएन भन्नेलाई धन्यवाद'

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार सेन्टिमेन्टको भल छोपेर बनेको सरकार नभएको  बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले जनताकै प्रतिनिधिले बनाएको संविधान अनुसार बनेको लोकतान्त्रिक सरकार रहेकाले जनताप्रति प्रतिबद्ध रहेको दाबी गरे।

‘जनताको फ्रस्टेसनमाथि टेकेर बनेको सरकार होइन्’-ओलीले भने‘ यो तत्कालिक सेन्टीमेन्टको भल छोपेर बनेको सरकार होइन, यसको संघर्षको इतिहास छ , बलिदानको इतिहास छ। यो सरकार अधिनायकवादतर्फ गयो भन्दा जनताले नपत्याउने भन्दै जनतामा भ्रम नछर्न आग्रह गरे । सरकार लोकतन्त्रलाई थप बलियो बनाउन लागेको उनले दाबी गरे। 

ओलीले सरकारले विगत वर्षका तुलनामा धेरै काम गर्दा पनि केही भएन भन्दै अभिव्यक्ति आउने गरेको भनी असन्तुष्टि पोखे । 'अहिले सम्पूर्ण प्रयास सरकारको विकास निर्माणकामा छ। केहीपनि भएन केहीपनि भएन भन्ने सुनिन्छ।केही नहुँदा पनि ७ प्रतिशतभन्दा बढी आर्थिक वृद्धिदर छ।जो  ऐतिहासिक हो।नेपालको इतिहासको रेकर्ड हो।ठीक छ केही भएन भनेको ?' उनले प्रश्न गरे । 

 उनले अर्को वर्ष आर्थिक वृद्धिदर ८.५ प्रतिशत हुने, फेरी अर्को वर्ष ९.५ पुग्ने, अर्को वर्ष ११ प्रतिशत पुग्ने, अझैं केही भएन भनी आइरहने  र सरकार बढाउन लागि रहेने दाबी गरे । 
 
 'केही भएन भन्नेले हामीलाई सजग गराएकोप्रति धन्यवाद भन्न चाहन्छु। ऐतिहासिक रेकर्ड कायम हुँदा पनि केही भएन।१४ सय किलोमिटरभन्दा बढी बाटो पीच भयो इतिहासमा पहिलो पटक यस वर्ष।तैपनि केही पनि भएन। ठीकै छ नि १५ सय २ हजार अर्को साल बनाउला । ३ सय पुल बनाउँदा पनि कम भयो भने छ सय बनाउला।' उनले भने ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.