एसईईको मौका परीक्षा सुरु

एसईईको मौका परीक्षा सुरु

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझेका विद्यार्थीका लागि मौका दिइएको ग्रेड वृद्धि परीक्षा आइतबारदेखि सुरु भएको छ। आइतबार अनिवार्य अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ।

परीक्षामा कतै पनि अमर्यादित काम भएको रिपोर्ट नआएको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले जनाएको छ। परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार अंग्रेजी विषयको परीक्षामा सहभागी हुन ५१ हजारले फारम भरेका थिए। तर परीक्षामा कति जना सहभागी भए भन्ने जानकारी अहिले नआउने उनले बताए।

एसईईको वार्षिक परीक्षाको नतिजामा सी प्लस वा सो भन्दा तल्लो ग्रेड ल्याएका विद्यार्थीलाई ग्रेड वृद्धिका लागि मौका परीक्षा दिइएको हो। पनिकाका अनुसार ग्रेड वृद्धि परीक्षाका लागि परीक्षार्थीले सबै भन्दा धेरै गणित विषयमा फारम भरेका छन्। यो विषयमा एक लाख ५० हजारले फारम भरेका छन्।

अनिवार्य विज्ञान विषयमा ५६ हजार, सामाजिक अध्ययनमा ३० हजार, नेपालीमा १७ हजार तथा स्वास्थ्य जनसंख्या तथा वातावरण विषयमा १२ हजारले फारम भरेका छन्। परीक्षा भदौ ११ गतेसम्म सञ्चालन हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.