मकैबालीमा फौजी किराको प्रकोप

मकैबालीमा फौजी किराको प्रकोप

ओखलढुंगा : मकैबालीमा फौजी किराको प्रकोप देखा परेपछि किसानहरु चिन्तित बनेका छन्। मानेभज्याङ गाउँपालिका वडा नम्बर ६ हिलेपानीमा वर्षा याममा लगाएको मकैबाली किराले नष्ट गर्न थालेपछि उनीहरु चिन्तित बनेका हुन्। वडा नम्बर ६ स्थित हिलेपानी, रिचुवा, जयरामघाट, हर्कपुर, जक्मा, सोक्माटार र पिप्ले लगायतका स्थानमा लगाएको मकैबालीमा फौजी किराको प्रकोप फैलिएको छ। 

खडेरीका कारण हुर्कन नसकेका मकैबालीमा किराको प्रकोपसमेत देखा परेपछि घोंगा नलागेको मानेभज्याङ गाउँपालिका-६ हिलेपानीका किसान सन्तमान राईले बताए। विशेष गरी रातको समयमा देखा पर्ने किराको समूहले हरियो पात खाइदिएपछि मकैमा घोगा लागेको छैन। किरा नियन्त्रणका लागि विषादी प्रयोग गरेपनि प्रकोप उस्तै रहेको सोक्माटारका किसान नरेश राईले बताए। किराले खेतमा लगाएको मकैबाली सखाप पारेको राईले गुनासो गरे। कृषि प्राविधिकले किसानको समस्यामा चासो नदिएको उनीहरुको आरोप छ। 

कृषि ज्ञान केन्द्र ओखलढुंगाका प्रमुख कृष्णमणी पोखरेलले स्थानीय तहका प्राविधिकहरु परिचालन गरिएकाले उनीहरुको रिपोर्टका आधारमा रोग र किरा पहिचान गरी औषधी सिफारिस गर्ने जानकारी दिए। किसानहरुले मौखिक रुपमा समस्या राखेको भएपनि लिखित निवेदन भने नआएको उनको भनाइ छ। किसानले लिखित निवेदन दिनुपर्ने पोखरेलले बताए। 

ओखलढुंगाको मानेभज्याङबाहेक सुनकोशी गाउँपालिकाका केही भूभागमा समेत फौजी किराको प्रकोप देखा परेको छ । तर पनि स्थानीय सरकार र कृषि ज्ञान केन्द्रले चासो दिएका छैनन्। कृषक समूह महासंघका जिल्ला अध्यक्ष हेमकुमार घिमिरेले सरकारी निकायको उदासिनताले किसान पीडित भइरहेको बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.