रुखमा ठोक्‍किएर बस दुर्घटना : पाँच घाइते

रुखमा ठोक्‍किएर बस दुर्घटना : पाँच घाइते

बागलुङ : पर्वत जिल्लाको कुस्मा नगरपालिका १ छमर्केदेखि बागलुङ आउँदै गरेको बस दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्। बुधबार बिहान छमर्केबाट बागलुङ आउँदै गरेको ग १ ख ८२५२ नम्बरको बस पर्वतको नयाँपुलमा अनियन्त्रित भई सडक छेउको सिसौको रुखमा ठोक्‍किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले बताए।  

दुर्घटनामा चालक कुस्मा नगरपालिका-१ छमर्केका श्याम खड्का, कुस्मा नगरपालिका-२ का यम शर्मा, सोही स्थानका सविना शर्मा, निजकी डेढ वर्षकी छोरी सजिना शर्मा, बागलुङ नगरपालिका-७ ढिकीचौरका प्रेम शर्मा रहेका छन्।

घाइतेहरुको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको धौलागिरि अञ्चल अस्पताल बागलुङका प्रमुख डा. शैलेन्द्र बि. पोखरेलले बताए। 

दुर्घटनाका घाइते धौलागिरी अस्पतालमा उपचार हुँदै। तस्बिर : दिल शिरिष


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.