राजमार्गमा इमरजेन्सी मेडिकल टिमसहितको निशुल्क एम्बुलेन्स

राजमार्गमा इमरजेन्सी मेडिकल टिमसहितको निशुल्क एम्बुलेन्स

धादिङ : पृथ्वी राजमार्गमा बढ्दै गएका दुर्घटनाका घाइतेको उद्दारका लागि राजमार्ग क्षेत्रमा निशुल्क एम्बुलेन्स सेवाको सुरुवात भएको छ। सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नेपाल एम्बुलेन्स सर्भिसको सहकार्यमा चितवन र धादिङ जिल्लामा आकस्मिक सेवा तथा उद्धार प्रयोजनका लागि एम्बुलेन्स सेवाको सुरुवात गरिएको हो ।

त्यस्तै, शसस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम केन्द्रले पनि दुर्घटना स्थलबाट एकै पटकमा ७ देखि ९ जनासम्म बिरामीलाई उद्धार गरी सुरक्षित ढंगले उपचारका लागि अस्पताल लैजानका लागि ठूलो एम्बुलेन्स सेवा सुरु गरेको छ।

सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयमा रहने उक्त एम्बुलेन्समा आवश्यक उपकरण र इमरजेन्सी मेडिकल टिम २४ सै घण्टा स्ट्याण्डवाई रहने विपद व्यवस्थापन तालिम केन्द्रले जनाएको छ।

नेपाल सरकारद्वारा क वर्गमा वर्गीकृत उक्त एम्बुलेन्स भित्रै सुविधा सम्पन्न उपकरण रहेका छन्।शसस्त्र प्रहरी बलको विपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारका प्रमुख एसएसपी किशोर प्रधानले भने, 'पृथ्वी राजमार्गमा र मुग्लिन नारायणघाट लगायत आसपासका राजमार्गमा हुने सवारी दुर्घटनामा परेका घाइतेको उपचारका लागि आकस्मिक रुपमा अस्पताल लैजानको लागि यो एम्बुलेन्सले सहयोग गर्ने छ।'

कुनै पनि दुर्घटना तथा विपद्को अवस्थामा पीडितको सुरक्षा¸ उद्धार र आपतकालिन उपचार कार्यलाई प्रभावकारी बनाई क्षति न्यूनिकरण गरी घाइतेको जीवन रक्षाका लागि यस एम्बुलेन्स सेवाले महत्वपूर्ण योगदान दिने प्रधानले बताए।

राजमार्ग क्षेत्रमा दिनहुँजसो ठूला दुर्घटना हुने र तत्काल घटनास्थलमा मेडिकल टिमसहित एम्बुलेन्स पुग्न सकेको खण्डमा धेरै घाइतेको ज्यान बच्ने भएकाले आफूहरुले मेडिकल टिमसहित रहने एम्बुलेन्स संचालन गरेको नेपाल एम्बुलेन्स सर्भिसका महासचिव एवं पूर्व प्रहरी नायव महानिरीक्षक शारदाभक्त रन्जितले बताए।

उनले भने, 'राजमार्ग क्षेत्रमा यो एम्बुलेन्स संचालनपछि आपतकालिन अवस्थामा हुने उद्धारमा सहजता आउने छ। त्यस्तै घाइतेले समयमै उपचार पाए मृत्युदर घट्ने अपेक्षा पनि छ।'

एम्बुलेन्स सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण खर्च नेपाल एम्बुलेन्स सर्भिसले नै बेहोर्ने संस्थाले जानकारी दिएको छ। सस्थाका प्रमुख अधिकृत अमित जोशीले भने, 'बिरामीका आफन्तले एम्बुलेन्सको कुनैपनि शुल्क तिर्नु पर्दैन, तर घटना स्थलबाट अस्पतालसम्म पुर्‍याउँदा बीच बाटोमा कुनै उपचार गर्दा आवश्यक पर्ने औषधिको न्युनतम मुल्य भने तिर्नुपर्छ।'

एम्बुलेन्स सेवाको शुभारम्भ गर्दै चितवनस्थित इच्छाकामना गाउँपालिका प्रमुख गीता कुमारी गुरुङले यसको संरक्षण र सेवा विस्तार गर्ने कार्यक्रमा गाउँपालिकाले सबै पक्षसँग समन्वय गर्ने बताइन्। प्रहरीसँग कै समन्वयमा यस्तो एम्बुलेन्स सेवा सुरु भएपछि कुनै पनि दुर्घटनामा परेका घाइतेलाई महंगो अस्पतालमा जानुपर्ने बाध्यता हट्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.