लागुऔषध सहित भारतीय नागरिक पक्राउ
सुर्खेत : लागुऔषध ब्राउन सुगरसहित सुर्खेतमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा उत्तर प्रदेश भारत नानपारा जिल्ला बहराईच घर भइ हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ खोर्केलाइनस्थित डेरामा बस्दैआएका २१ वर्षीय समिर सलमानी भनिने लियाकत अली हुन् ।
डिएसपी रवि रावलका अनुसार वीरेन्द्रनगर नगरपालिका–६ स्थित रामजानकी मन्दिरको कम्पाउन्डभित्र रहेको एकतले पक्की भवनको अगाडि पट्टी ब्राण्डामा शंकास्पद तरिकाले उभिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।
पक्राउपछि रितपुर्वक उनको शरिर खानतलासी गर्दा एक सय मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस !