सुर्खेतमा पनि डेंगु संक्रमण

सुर्खेतमा पनि डेंगु संक्रमण

सुर्खेत : सुर्खेतमा पनि डेंगुको संक्रमण देखिएको छ। जिल्लाका तीन जनामा डेंगुको संक्रमण भेटिएको हो। कर्णाली प्रदेश अस्पतालमा उपचार गर्न पुगेका वीरेन्द्रनगर नगरपालिका-४ का ३५ वर्षीय उदय सुनार र बराहताल गाउँपालिका-१ हरिहरपुरकी १२ वर्षीया एलिना पुलामीलाई डेंगुको संक्रमण भएको हो। 

वीरेन्द्रनगर-६ का ३५ वर्षीय जयकिसन विकलाई समेत डेंगुको संक्रमण भेटिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण अधिकृत श्यामलाल आचार्यले बताए। उनका अनुसार एलिना र जयकिसनलाई भएको डेंगु नयाँ भए पनि उदय सुनारलाई भएको संक्रमण पुरानो समस्या दोहोरिएको हो।

जयकिसनको वीरेन्द्रनगरस्थित देउती अस्पतालमा उपचार भइरहेको छ। उदय र एलिनाको कर्णाली प्रदेश अस्पतालले उपचारपछि डिस्चार्ज गरेको छ। करिब पाँच वर्षअघि पूर्वीसुर्खेतमा डेंगुका कारण एकजनाको मृत्यु भएको थियो।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.