चुमनुब्री गाउँपालिकाका कर्मचारी चार दिनदेखि बेपत्ता
गोरखा : चुमनुब्री गाउँपालिका ४ का कर्मचारी धावा लामा चार दिनदेखि बेपत्ता छन्। गत शुक्रबार दिउसो १ बजेदेखि हराइरहेका लामाका भाइ निमा लामाले जानकारी दिए।
लामाका अनुसार उनले लगाउने टोपी, चप्पल र मोबाइल घर नजिकैको बुढीगण्डकी नदीको किनारमा फेला परेको छ। ‘चारदिनदेखि बेपत्ता हुनुहुन्छ। हामी परिबार र गाउँले मिलेर बूढीगण्डकी नदीमा खोजी गरिरहेका छौं’, उनले भने, ‘बूढीगण्डकी पनि बाढी आइरहेकाले खोजी गर्न समस्या भइरहेको छ। क्याप, मोबाइल र चप्पल गण्डकीको किनारमा फेला परेको छ।’
घर भन्दा केही तल पर्ने बूढीगण्डकीतर्फ दिउसो एकबजेतिर झरिरहेको स्थानीयबासी एकजनाले देखेको र किनारमा उनले प्रयोग गर्ने सामग्री भेटिएकाले गण्डकीमा पसेको हुनसक्ने अनुमान गरिएको उनले बताए।
लामा साबिक प्रोक गाविसमा २० बर्षदेखि प्राविधिक सहायक पदमा रहरे काम गरिरहेका र अहिले वडा नं. ४ को कार्यालय स्थापना भएदेखि नै सहायक कर्मचारीको रुपमा कार्यरत थिए।
प्रतिक्रिया दिनुहोस !