धामी झाँक्रीमै निर्भर सीमावर्ती चार वडालाई तिब्बतमा उपचार सेवा

धामी झाँक्रीमै निर्भर सीमावर्ती चार वडालाई तिब्बतमा उपचार सेवा

गोरखा : तिब्बतका सरकारी अस्पतालमा गोरखाका सीमावर्ती क्षेत्रका स्थानीयले तिब्बती नागरिकसरह उपचार सेवा पाउने भएका छन्। तिब्बतसँग सिमाना जोडिएका गोरखाको चुमनुब्री गाउँपालिकाको चारवटा वडास्तरका जनप्रतिनिधि र चिनियाँ अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो।

आइतबार द्विपक्षीय बैठकले सीमावर्ती चारवटा वडाका बिरामीलाई तिब्बती नागरिकसरह उपचार सेवा दिने निर्णय गरेको चुमनुब्री गाउँपालिका-१ का वडाध्यक्ष वीरबहादुर लामाले जानकारी दिए।

'यो विषयमा हामीले धेरै पहिलेदेखि नै पहल गरिरहेका थियौं,' तिब्बतको कोङदाङ सहरमा सम्पन्न बैठकको निर्णयबारे जानकारी दिँदै लामाले भने, 'अहिले बल्ल तिब्बत सरकार सकारात्मक भयो । अब वडा नं. १, २, ४ र ५ का बिरामीले वडा कार्यालयको सिफारिस लिएर गएमा तिब्बती नागरिकसरह सुविधामा उपचार पाउँछन्।'

नेपालतर्फ स्तरीय स्वास्थ्य संस्था नहुँदा सो क्षेत्रका बिरामी धामी/ झाँक्रीको भर पर्नुपर्ने बाध्य छ। ठूलो दुर्घटनामा परे वा आकस्मिक बिरामी परे ऋण खोजेर हेलिकप्टर चार्टर गरी जिल्ला बाहिरका अस्पतालमा जान बाध्य छन्।

त्यस्तै, बैठकले बाह्रै महिना सिमा नाका खोल्ने निर्णय गरेको छ । 'केही त पुरानै निर्णयलाई कडाइका साथ पालना गर्ने निर्णय भएका छन्, केही नयाँ निर्णय पनि भएका छन्, लामाले भने, 'अर्को वर्षदेखि बाह्रै महिना सीमा नाका खुलाउने निर्णय भएको छ।यो राम्रो पक्ष हो।'

उनका अनुसार तिब्बतर्फको रुइमा ट्रेडिङ हाउस बन्दैछ। त्यो एक महिनाभित्र सम्पन्न हुन्छ। अनि एक महिनाका लागि नाका खुलाउने निर्णय भएको छ। यस्तै नाका खुल्ला गर्नका लागि तयारी बैठक गोरखाको सामागाउँमा राख्ने, सोही बैठकमा उपभोग्य सामग्रीको मूल्य निर्धारण गर्न समिति बनाउने निर्णय भएको उनले जानकारी दिए।

पवित्र धार्मिकस्थल किमोलुङमा धार्मिक यात्रा गर्न चाहनेलाई वडा कार्यालयको सिफारिसको आधारमा यात्रा गर्न अनुमति दिने निर्णय पनि भएको छ। नेपालतर्फको सीमा क्षेत्र नजिक सुरक्षा चौकी नभएकाले समस्या भएको भन्दै त्यसका लागि पहल गरिदिन तिब्बत तर्फबाट आग्रह भएको बैठकमा सहभागी अर्का मिङमार लामाले बताए ।

केही दिनपछि केरुङ वा जोङ्गामा ठूलो मेला लाग्ने भएकाले सीमा क्षेत्रमा कडाइ गर्न तिब्बत पक्षले आग्रह गरेका हुन्। बैठकमा वडा नं. १ बाट वडाध्यक्ष वीरबहादुर लामा, सदस्य मिङमार लामा, वडा नं. २ बाट वडा सदस्य पासाङ छिरिङ र पासाङ डोल्मा, वडा नं. ४ बाट वडा सदस्य रिजिन दोर्जे लामा र वडा नं. ५ बाट वडाध्यक्ष सोनाम ग्याल्जेन गुरुङ र प्रहरी चौकी सामागाउँबाट हवल्दार लालबहादुर केशी र प्रहरी जवान दीपक घर्ती सहभागी थिए। तिब्बततर्फ सिडिओ सरहका कर्मचारी, प्रहरी जिल्ला प्रमुख, सेनालगायतका कर्मचारी सहभागी भएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.