सुर्खेतका सुपथ पसलमा अर्गानिक सिमी र फापर किन्नेको भीड

सुर्खेतका सुपथ पसलमा अर्गानिक सिमी र फापर किन्नेको भीड

सुर्खेत  : चाडपर्व नजिकिँदै गर्दा सुर्खेतमा सहुलियत दरको सुपथ मुल्य पसल संचालनमा आएको छ । सुपथ मुल्यका पसलमा कर्णालीमा उत्पादन हुने अर्गानिक सिमी र फापर बढी रुचाइएको छ । सर्वसाधारणले अर्गानिक सिमी र फापर बढी खरिद गर्न थालेका हुन् ।

नजिकिदै गरेका दसैं, तिहार र छठ पर्वको अवसरमा वीरेन्द्रनगरमा संचालित सहुलियत दरको सुपथ मुल्य पसलमा अर्गानिक सिमी र फापर किन्नेको भीड नै लाग्न थालेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सुर्खेतले गत सोमबारदेखि संचालन गरेको सहुलियत दरको पसलमा चामलदेखि जुम्लाको अर्गानिक सिमी र फापरमा छुट दिएको छ । 

अर्गानिक सिमी र फापरको बजार मुल्यभन्दा प्रतिकिलो कम्तिमा ३० रुपैयाँ छुट दिएपछि सहुलियत पसलमा सामान किन्ने उपभोक्ताको भीड बढ्दै गएको हो । नेपाल खाद्य संस्थान सुर्खेतले संचालन गरेको सहुलियत पसल आउँदो कार्तिक १७ गतेसम्म संचालन हुनेछ । प्रतिकिलो कम्तिमा एक सय ५० रुपैयाँ बजार मुल्य रहेको अर्गानिक सिमी सहुलियत पसलमा प्रतिकिलो एक सय २० रुपैयाँमा बिक्री हुँदै आएको छ । त्यस्तै बजारमा प्रतिकिलो कम्तिमा एक सय ३० रुपैयाँ पर्ने अर्गानिक फापर सहुलियत पसलमा ८० रुपैयाँमा बिक्री भइरहेको छ । 

बजार मुल्यभन्दा सस्तो र प्याकेजिङ तथा लेवलिङ गरिएको गुणस्तरीय अर्गानिक सिमी किन्न पाएपछि वीरेन्द्रनगर इत्रामका नविन शाहीले खुसी व्यक्त गरे । उनले भने, 'गरिबले पनि चाडबाडमा मिठोमसिनो खान सक्नुपर्छ, त्यसका लागि सुपथ मुल्य पसल लाभकारी बनेको छ ।'

सहुलियत पसल संचालन भएपछि चाडपर्वमा बजारको महंगी र ठगिनबाट जोगिएको वीरेन्द्रनगरका रत्न परियारले बताए । सहुलियत पसलबाट खाद्य संस्थानको चामलसमेत प्रतिकिलो पाँच रुपैयाँ छुटमा बिक्री भइरहेको छ ।

खाद्य संस्थान सुर्खेतका प्रमुख भीम थापाका अनुसार सहुलियत पसलबाट प्रति व्यक्तिले ६ किलो सिमी र एक क्वीन्टल चामल किन्न पाउने व्यवस्था छ ।  एक व्यक्तिले एक पटकमा ६ किलो सिमी र एक क्वीन्टल चामल मात्रै लिन किन्न पाउने उनले बताए । 'गत मंसिरमा जुम्ला र मुगुबाट खरिद गरिएको दुई सय ७१ क्वीन्टल सिमी र ८८ क्वीन्टल फापरमध्ये चाडपर्वका लागि एक सय क्वीन्टल सिमी र ६५ क्वीन्टल फापर मौज्दात गरिएको थियो, उनले भने, 'सोही मौज्दात सिमी अहिले सहुलियतमा बेच्न थालेका हौं ।' संस्थानले गएको मंसिरमा जुम्लाबाट प्रतिकिलो सिमी एक सय ३० र फापर ८० रुपैयाँमा खरिद गरेको थियो ।                   
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.