गोरखामा भूकम्प
गोरखा : बिहीबार गोरखामा भूकम्प गएको छ। अजीरकोट गाउँपालिका २ खरिबोट आसपास केन्द्र बनाएर बिहीबार साँझ भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ६ : ४९ बजे ४.७ म्याग्निच्यूडको भूकम्प गएको हो।
भूकम्पबाट गोरखा र लम्जुङमा धक्का महशुस गरिएको छ। २०७२ वैशाख १२ को शक्तिशाली भूकम्पको केन्द्र गोरखाको बारपाक थियो।
प्रतिक्रिया दिनुहोस !