व्यापारीको घेराबन्दीमा अनुगमन टोली

व्यापारीको घेराबन्दीमा अनुगमन टोली

काठमाडौं : बजार अनुगमनमा निस्केको सरकारी टोली व्यापारीको घेराबन्दीमा परेको छ । गोगंबुको नयाँ बसपार्कस्थित बीजी मलका व्यापापारीले वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको टोलीलाई घेराबन्दीमा पारेका छन्। 

उक्त मलमा विभागको टोली अनुगमन गर्नका लागि आइतबार पुगेका थिए। अनुगमनको क्रममा उक्त मलको पहिलो तलाका एक व्यापारीमाथि कारवाही गर्न खोज्दा व्यापारीले कर्मचारीको टोलीलाई घेराबन्दीमा पारे। 

विभागका अनुगमन अधिकृत रमेशकाजी श्रेष्ठकाअनुसार बिक्री मूल्यभन्दा झण्डै दुई सय दोब्बर मूल्य थपेर उपभोक्तालाई लत्ताकपडा र जुत्ता बिक्री गरिरहेको अवस्थामा कारवाही गर्न खोज्दा व्यापारीहरुले सबै तलाको सटर बन्द गरी नारावाजीका साथै टोलीलाई घेराउसमेत गरेका छन्। 

‘दसैंको मुखमा अनुगमन गर्न दिन्नौं भन्दै व्यापारीहरु सटर बन्द गरेर हामीलाई घेराबन्दीमा पारेर जाइलागे,'अनुगमन अधिकृत श्रेष्ठले भने,‘मन्त्रालय र विभागको सहयोगमा थप सुरक्षाकर्मी परिचालन भएपछि हामी हातपात हुनबाट जोगियौं।’

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय तथा विभागको सहकार्यमा थप सुरक्षाकर्मी परिचालन पश्चात विभागको महानिर्देशक योगेन्द्र गौचनको नेतृत्वमा अनुगमनमा असहयोग गरेको अभियोगमा २०–२० हजार जरिवाना गराउन लागिएको छ। यसअघि पनि दरबारमार्ग तथा न्युरोडको रञ्जना कम्पलेक्समा पनि अनुगमनको विरोधमा व्यापारीहरुले नारावाजी गर्दै सटर बन्द गरेर भागेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.