सडक बन्यो भैंसी आहल : पाँच किलोमिटर पार गर्न दुई घण्टा

सडक बन्यो भैंसी आहल : पाँच किलोमिटर पार गर्न दुई घण्टा

सुर्खेत : सोमबार दिउँसो वीरेन्द्रनगरको एक सडकमा भैंसीहरु आहल बसेका थिए । सडकको छेउछाउबाट हिँडिरहेका पैदल यात्रु सडकमै आहल बसेका भैंसी देखेर स्थानीय सरकारप्रति व्यंग्य गर्दै भन्दै थिए, 'यही हो,स्थानीय सरकारको कमाल।'

हिलाम्मेसडक छेउमा हिँडिरहेकी एकजना महिला सुरुवाल माथि सारेर रुमालले मुख छोप्दै छिछि गर्दै सडक पार गरिन्।उनकै पछाडि हिँडिरहेका अर्का युवा भन्दै थिए-' कर्णाली प्रदेश राजधानी सडकको त यो हालत छ, अन्य ठाउँ कस्तो होला ? स्थानीय सरकार आएपछि भैंसी आहल बस्ने सडक पनि देख्न पाइयो हरे हरे।'

यी दृष्य हुन्, वीरेन्द्रनगर नगरपालिका-१० स्थित काक्रेविहार टोल नजिकैको हिलाम्मेसडकको । वीरेन्द्रनगरको एयर पोर्टचोकदेखि काक्रेविहार, बामीखोलाहुँदै मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नयाँ निर्मित भवनसम्म पुग्ने यो हिलाम्मे सडक चार महिनायता जीर्ण छ । सडक हिलाम्मे हुँदा नागरिकलाई आउजाउ गर्न तथा सवारी चलाउन मात्रै सास्ती छैन । यहाँ दिउँसै सडकमा भैंसी आहल बस्न थालेका छन्।

केही वर्ष पहिले कालोपत्रे गरिएको सडक जीर्ण बन्दै गएपछि विगत दुई वर्षयता नगरपालिका र वडाको समन्वयमा मर्मतको काम भइरहेको छ । वर्षाले कालोपत्रे समेत भत्काइ दिएपछि सडकमै भैंसी आहल बस्ने स्थिति आएको हो । यस सडकमा दैनिक हजारौं मान्छे आउजाउ गर्छन्।

कतिपय सवारी हिलोमा फस्दा डोजरले तान्नुपर्ने स्थिति छ । 'वषौंसम्म हाम्रा सडक यस्तै रहिरहन्छन, एकपटक टालटुल गरिन्छ, फेरि महिना दिनमा उस्तै हुन्छन्,' स्थानीय शुसील न्यौपानेले भने, 'भैंसी सडकमै आहल बस्छन्, गन्तव्यमा हिँडेका यात्रु सडकमै बास बस्छन्, तर स्थानीय सरकारलाई चासो छैन ।'

उनका अनुसार हिलाम्मे सडकमा पाँच किलोमिटर पार गर्न दुई घण्टा लाग्छ । यो सडक मर्मत तथा कालोपत्रेको जिम्मा ठेकेदार सूर्यबहादुर रावतले लिएका छन् ।  १६ मिटर चौडाइ र पाँच किलोमिटर भन्दाबढी लम्बाइ रहेको यो सडक करिब १८ करोडको लागतमा कालोपत्रे बनाउने योजना छ ।

तर सडक मर्मतको काम समयमै गर्न नसक्नुमा मौषमलाई दोष दिइएको छ । वडाध्यक्ष रत्नबहादुर बुढाले मौषम खराबीका कारण समयमै काम गर्न नसकेको तर्क गरे। 'जब ठेकेदारले काम गर्न सुरु गर्छन्, तब आकाशे पानी परेर काम अवरुद्ध हुन्छ,' उनले भने, 'पहिले आठ मिटर रहेको सडक १६ मिटर बनाउँदैछौं, त्यसका लागि स्थानीय जग्गा छोड्न सहमती नभएपछि काममा ढिलाइ भयो।'

केही ठाउँमा सडकले लिएको जग्गा स्थानीयले छोड्न नमानेपछि अदालतसम्म मुद्धा पुगेको उनले बताए । सडक निर्माणका लागि बजेट र कामदारको समस्या नभएपनि मौषमी अवस्थानै मुख्य चुनौती बनेको भन्दै तिहारसम्म हिलाम्मेसडक कालोपत्रे हुने उनको भनाइ छ । यता विरेन्द्रनगर नगरपालिकाले नगरलाई रिङरोडमा जोड्ने योजना अनुसार एक वर्षभित्रै नगर क्षेत्रभित्रका सबै सडक मर्मत तथा विस्तार हुने जनाएको छ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.