पर्वतका अनिश बने दसौं लिगलिगे राजा

पर्वतका अनिश बने दसौं लिगलिगे राजा

गोरखा : यसअघि तीनपटकसम्म लिगलिगे राज बनेका पर्वतका अनिश थापा दशौं लिगलिगे दौड जितेर चौथो पटक पनि राजा बन्न सफल भएका छन्। उनी चेपे र मर्स्याङ्दीको दोभानबाट लिगलिगकोटसम्मको १३.८ किलोमिटर दुरी ५७.५५ मिनेटमा पार गर्दै थापा लिगलिगे दौड जितेर लिगलिगे राजा बन्न सफल भएका हुन्। थापा भारतीय सेनामा कार्यरत छन्। 

सोही दुरी १ घण्टा एक मिनेट ८ सेकेण्डमा पार गरी डोटी जिल्लाका खगेन्द्रबहादुर भाट दोस्रो बन्न सफल भएका छन्। एकघण्टा एक मिनेट ३४ सेकेण्डमा पार गरी लम्जुङका रामजी बस्नेत तेस्रो भएका छन्। दोस्रो र तेस्रो हुने दुवै जना नेपाली सेनाका हुन्। निर्धारित दुरी एकघण्टा दुई मिनेट २२ सेकेण्डमा पार गरी सन्दीप ढकाल चौथो बन्न सफल भएका छन्। 

लिगलिगे दौडमा प्रथम हुनेलाई यस वर्षदेखि एक दिनका लागि लिगलिगे राजाका साथै एकवर्षका लागि पालुङ्टार नगरपालिकाको सद्भावना दूत पनि घोषणा गरिने भएको छ। बिहीबार एक समारोहको आयोजना गरी दसौं लिगलिगे राजा र पहिलो सद्भावना दूत घोषणा गर्ने कार्यक्रम रहेको पालुङ्टार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले जानकारी दिए। 

‘दौडमा प्रथम हुनेलाई यसअघि एक दिनका लागि लिगलिगे राजा घोषणा गरिन्थ्यो’, उनले भने, ‘यस बर्षदेखि नयाँ कार्यक्रम ल्याएका छौं। अबदेखि जो विजयी हुन्छ, उहाँलाई एक वर्षका लागि पालुङ्टार नगरपालिकाको सद्भावना दूत बनाइनेछ। नगरपालिकाले आयोजना गरेका ठूला कार्यक्रमहरुमा उहाँलाई स–सम्मान दूतको रुपमा आमन्त्रण गराइनेछ।’ सद्भावना दूतले पनि यस क्षेत्रको पर्यटन प्रवर्धनका लागि उल्लेखनीय काम गर्ने उनले बताए।

पालुङ्टार नगरपालिका, लिगलिगकोट विकास अभियान र रणसिंह दल गणको संयुक्त आयोजनामा प्रतियोगिता सम्पन्न भएको स्थानीय हरि देवकोटाले जानकारी दिए।
प्रतियोगितामा प्रथम हुनेलाई राष्ट्रिय सभाका प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डेले ६० हजार १ सय रुपैयाँ, लिगलिगे राजाको र पालुङ्टार नगरपालिकाको सद्भावना दूतको दर्जा, श्रीपेच, पगरीमा सजाउने, मेडल र प्रमाणपत्र पुरस्कार दिइने कार्यक्रम रहेको मेयर कँडेलले जानकारी दिए। साथै उनलाई राजकीय सम्मानका साथ पालुङटार नगर परिक्रमा गराइने कार्यक्रम रहेको उनले बताए।

यस्तै, दोस्रो हुनेलाई ३५ हजार १ सय रुपैयाँ, तेस्रो हुनेलाई २५ हजार १ सय रुपैयाँ, चौथो हुनेलाई १५ हजार र पाँचौ हुनेलाई १० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पुरस्कार रहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा छैठौं हुनेलाई सात हजार, सातौं हुनेलाई पाँच हजार, आठौं हुनेलाई चार हजार, नवौं हुनेलाई तीन हजार र दशौं हुनेलाई नगद दुई हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पुरस्कार दिइने आयोजकले जनाएको छ।

सबै पुरस्कारको व्यवस्था नेपाली सेनाले गरेको रणसिँह दल गणका प्रमुख सेनानी उज्ज्वल केशीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.