सहकारीले थाल्यो तरकारीखेती

सहकारीले थाल्यो तरकारीखेती

दैलेख : जिल्लाको आठबिस नगरपालिका–४ राकमकर्णालीस्थित बसुन्धारा कृषि सहकारी संस्थालाई यसअघि बचत तथा ऋण लगानी गर्दै ठिक्क थियो। तर यस वर्षदेखि यो सहकारी संस्था तरकारीखेती गर्न थालेको छ। सँधै बचत र ऋण लगानीमा केन्द्रित सहकारी संस्थाले तरकारीखेती सुरु गरेपछि यहाँका स्थानीय पनि तरकारीखेतीतर्फ आकर्षित भएका छन्।

तरकारी तथा कृषिजन्य उत्पादन तथा बजारीकरणमार्फत सहकारीले आफ्नो लगानी र कार्यक्षत्रको दायरा बढाएको हो। सहकारीले आठबिस नगरपालिका–३ जाक्सीमा झण्डै १० रोपनी जग्गा भाडामा लिएर तरकारी उत्पादन थालेको छ। सहकारीका अध्यक्ष अर्जुन शाहीले भने, ‘कृषि फर्ममा टमाटरखेती गरिरहेका छौं, अब आलु, काउली, बन्दा जस्ता बेमौसमी तरकारी लगाउने तयारी भइरहेको छ।’

सरकारीले सञ्चालन गरेको कृषि फर्ममा तीनजना युवाले रोजगारी पाएका छन्। फर्म सञ्चालन गर्न दैलेखको एक गैरसरकारी संस्थाले प्राविधिक तथा कृषि औजार र बीउ वितरण गरेको छ। डीसीएको सहयोगमा सोसेकद्वारा सञ्चालित साकार परियोजनाबाट झण्डै एक लाख ८४ हजार पाँच सय रुपैयाँ सहयोग प्राप्त भएको सहकारीले जनाएको छ। सहकारीले हाल दुई करोड ३५ लाखको कारोबार गरिरहेको छ। रकम कृषि क्षेत्रमा लगानी गरिएको सहकारीका अध्यक्ष अर्जुन शाहीले बताए। सहकारीले राकमकर्णालीमा कृषि संकलन केन्द्रसमेत सञ्चालन गरेको छ। सहकारीका सदस्यले उत्पादन गरेको तरकारी स्थानीय स्तरमा खपत हुन्छ। भने बचेको कालिकोट र अछाममा बिक्री गर्ने गरिएको छ।

कर्णाली राजमार्ग र मध्यपहाडी राजमार्ग राकमकर्णाली हुँदै गएकाले पनि तरकारी बजारीकरणमा सहज भएको हो। सहकारीले कुल लगानीको ३० प्रतिशत रकम कृषिजन्य उत्पादनमा मात्रै लगानी गर्ने गरेको छ। तरकारीसँगै पशुपंक्षीपालनमा समेत सहकारीले लगानी गर्न थालेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.