मिठा बनाउन भ्याई–नभ्याई

मिठा बनाउन भ्याई–नभ्याई

जनकपुरधाम : जनकपुरका किसान उखु पेलेर सख्खर बनाउन व्यस्त छन्। छठमा मिठा (सख्खर) बाट बनाइएको परिकार मात्र प्रसाद चढाइने भएकाले उनीहरू उखु पेलेर सख्खर बनाउन जुटेका हुन्।

एक महिनादेखि बजारमा मिठाको माग बढ्छ। राम्रो मूल्य पाएपछि उखु उत्पादक किसान सख्खर बनाएर बेच्न आकर्षित भएका हुन्।

स्थानीय जातका उखुबाट घरेलु प्रविधिमा बनाइने सख्खरको माग धान्न मुस्किल पर्ने गरेको महोत्तरी गौशाला नगरपालिका–४ सुर्ती विकास चोकका मिठा उत्पादक उपेन्द्र साह बताउँछन्। उनी भन्छन्, ‘छठ पर्वमा घरघरमा मिठा चाहिन्छ। सबैभन्दा उच्च माग यही बेला हुने भएकाले हामी मिठा उत्पादन गर्छौं।’

ठेकुवा, भुसुवा, खिर बनाउन सख्खर चाहिने भएकाले उत्पादन गरी बिक्रवितरण गर्न किसानलाई भ्याई–नभ्याइ भएको अर्का महोत्तरी गौशाला नगरपालिका–११ कालिपुरका लक्ष्मी महतो बताउँछन्। उनी भन्छन्, ‘उखु उत्पादन गरेर काट्ने बेलामा चिनी मिलले न उखु काट्ने पुर्जी दिन्छ, न त समयमै उखुको भुक्तानी दिन्छ। त्यही भएर यस वर्ष उखु पेलेर सख्खर बनाएर बेच्न थालेको छु।’

एक क्विन्टल सख्खर बनाउन १२ देखि १४ क्विन्टल उखु चाहिन्छ। यसरी उखुको जातअनुसार उखुको तौलमा घटबढ हुने तथा उखु कलिलो भएका कारण बढी उखु लाग्ने गरेको सख्खबर कारिगर मो. जुमराती अन्सारीले बताए। उनले भने, ‘नौ क्विन्टल छिप्पिएको उखुमा एक क्विन्टल मिठा तयार हुन्छ। तर अहिले उखु कलिलो भएर झन्डै १४ क्विन्टल उखुमा एक क्विन्टल मिठा तयार हुन्छ।’

अन्य बेला मिठा प्रतिकिलो ६० रुपैयाँ हाराहारीमा बिक्री हुन्छ। छठमा माग बढ्दा प्रतिकिलो दुई सय रुपैयाँ पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.